fbpx

टर्की भूकम्प: ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो, १ सय १५ घण्टापछि १ गर्भवतीको उद्धार,

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक जना गर्भवती र उनकी छोरीको जीवितै उद्धार भएको छ ।

टर्कीको गाजिएन्टेपमा भत्किएको एउटा भवनको भग्नावशेषबाट उनीहरुको उद्धार भएको उद्धारकर्मीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि भूकम्प गएको एक सय १० घण्टामा पनि एक जना किशोरसहित केही मानिसको जीवितै उद्धार भएको थियो ।

अत्याधिक चिसो र भूकम्प गएको लामो समय भैसकेकाले मानिसहरु जीवित भेटिने आशा कम हुँदै गएका बेला चामत्कारिक दृष्यहरु देखिएको बीबीसीले जनाएको छ ।

हिजो पनि भूकम्प गएको ९० घण्टापछि एक जना १० दिनको शिशु र उनकी आमाको जीवितै उद्धार भएको थियो ।

भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ ।

टर्कीमा २० हजार ६ सय ६५ जना र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

टर्कीमा सोमवार बिहान सात दशमलव ८ रेक्टर र दिउँसो सात दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

संयुक्त राष्ट्र संघले टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल पकाएको खानाको अभाव रहेको जनाएको छ । राष्ट्र संघले सिरियामा मात्रै ५३ लाख मानिस घरबार विहीन हुने बताएको छ ।

उद्धारकर्ताहरूले ९३ हजार जनाभन्दा धेरैलाई भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन