टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एक कम्पनीमा आगलागी हुँदा तीन कामदारको मृत्यु भएको छ । साथै दुई जना घाइते भएका छन् । शहरको एशियाली छेउमा रहेको सुल्तानबेली जिल्लामा निजी कम्पनीका कामदारहरु बसेको कन्टेनरमा आगलागी भएको कार्यालयले जनाएको छ । घाइते कामदारहरुमा एकको अवस्था गम्भीर रहेको भन्दै अस्पताल लगिएको उल्लेख गरिएको छ । घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ । कामदारहरूले कन्टेनरमा रहेको चुलो बाल्न खोज्दा आगलागी भएको र बिस्फोट भएको हो ।
सिन्ह्वा