टर्किएभरि नक्कली मदिरा उत्पादकहरूलाई लक्षित गरी गरिएको राष्ट्रव्यापी अभियानमा गत हप्ता ४६ जना संदिग्धहरूलाई पक्राउ गरिएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । हुक–१६ नाम दिइएको यो अपरेशन जेन्डरमेरी टोलीहरूले सञ्चालन गरेका थिए । जसले नक्कली मदिरा पेय पदार्थको तस्करी र उत्पादनमा संलग्न चार अवैध मदिरा कारखानाहरूमा छापा मारेका थिए । अधिकारीहरूले अपरेशनको क्रममा ४ हजार नक्कली कर टिकटहरूसहित कुल ५० हजार १०५ लिटर नक्कली र इथाइल अल्कोहल जफत गरेका छन् । नयाँ वर्षको अघिल्ला हप्ताहरूमा टर्किएमा नक्कली मदिरा विषाक्ततामा तिब्र वृद्धि भएपछि छापा मारिएको हो । डिसेम्बरमा नक्कली मदिराको कारणले शंकास्पद विषाक्तताबाट २२ जनाको मृत्यु भएको थियो ।
सिन्ह्वा