टर्किएको केन्द्रिय बैंकले शुक्रवार आफ्नो वर्षको अन्त्य मुद्रास्फीति पूर्वानुमानमा संशोधनको घोषणा गरेको छ । जुन पहिले २०२४ को लागि ३८ प्रतिशत र २०२५ को लागि १४ प्रतिशत थियो । अहिले २०२४ को लागि ४४ प्रतिशत र २०२५ को लागि २१ प्रतिशतमा मुद्रास्फीति अनुमान परिमार्जन गरेको हो । २०२६ को अन्त्यसम्म १२ प्रतिशत घट्ने अनुमान गरिएको छ । केन्द्रिय बैंकले संशोधित प्रक्षेपणलाई विभिन्न आर्थिक दबाबको श्रेय दिएको छ । यसको शतर्क मौद्रिक नीतिले मुद्रास्फीति नियन्त्रण गर्न मद्दत गर्ने बताएको छ । जुन २०२३ देखि केन्द्रिय बैंकले आफ्नो प्रमुख ब्याजदर ८.५ प्रतिशतबाट बढाएर ५० प्रतिशतमा पु¥याएको छ । मौद्रिक नीतिलाई उल्लेखनीय रूपमा कडा पारेको छ ।
व्याजदर यस वर्षको मार्चदेखि यथावत राखिएको छ । जसले गर्दा कडाइको प्रभाव पर्नसक्छ । आधिकारिक तथ्याङ्कका अनुसार टर्कीको वार्षिक मुद्रास्फीति दर अक्टोबरमा ४८.५८ प्रतिशतमा झरेको छ । जुन लगातार दोस्रो महिना ५० प्रतिशतभन्दा तल रहेको छ ।
सिन्ह्वा