fbpx

विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानविन होस्ः सांसद विश्वकर्मा

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरुलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले प्रकृति लम्सालले आफूमाथि दुव्र्यवहार भइरहेको रिपोर्ट गरेको भएपनि विश्वविद्यालय प्रसाशनले बेवास्ता गर्दा यस्तो घटना भएको बताउनु भयो । उहाँले उक्त घटनाम संलग्न अपरधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराउनु भो । 
उहाँले भन्नुभयो,‘आज दुःखका साथ भन्नु परिरहेको छ कि यो देशको स्वाभिमान निहुरिएको छ । र सम्पूर्ण नेपालीको स्वाभिमानमाथि फेरि विदेशी भूमिमा धावा बोलिएको छ । भारतको ओडिशा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुतवलका प्रकृति लम्सालको जुन संकास्पद रुपमा होस्टेलमा मृत शरीर फेला प¥यो । त्यसलाई लिएर त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले प्रशासनलाई दबाब हाले । त्यो दबाब स्वरुप प्रशासनले सत्यतथ्यको छानविन गर्नुको बदला विद्यार्थीलाई रेस्टिगेट गर्ने, होस्टेल र कलेजबाट निकाल्ने र उनीहरुलाई बसमा राखेर रेलवे स्टेसनमा छोड्ने काम भयो । यो अत्यन्तै दुःखद् घटना हो । लम्सालले रिपोर्ट गर्दा समेत त्यहाँको प्रशासनले कुनैपनि सुरक्षाको प्रत्याभूति  गरेन । त्यसको फलस्वरुप उनको मृत्यु हुन पुगेको छ । र अहिले त्यहाँका विद्यार्थीहरुले प्रशासनलाई दबाब हाल्दाखेरि उनीहरुमाथि जुन दुव्र्यवहार भएको छ ।’
उहाँलेले नेपाली विद्यार्थीमाथि भएको ज्यादतिमा पहल गर्न समेत सरकारसँग माग गर्नुभयो । सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताउनु भयो । उहाँले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताउनु भयो । विश्वविद्यालयले घटनाको छानविन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाउनु भयो । यस घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानार्काण गराउनु भयो । 

बैठकमा बोल्ने अधिकांश सांसदहरुले ओडिसा घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी  छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुव्र्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन् ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन