काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेविसंघका अनोज कार्कीको उम्मेदवारी बिहीबारसम्म कायम राख्न अदालतले आदेश दिएको छ । चैत ६ गते पेसी तोकिएकाले त्यस अवधिसम्म उम्मेदवारी कायम राख्न निर्वाचन समितिलाई उच्च अदालत पाटनले आदेश दिएको हो।अदालतले ३ चैतमा निर्वाचन समितिले गरेको निर्णय कार्यान्वयन नगर्न पनिआदेश दिएको छ ।निर्वाचन समितिले त्यसदिन कार्कीको उम्मेदवारी खारेज गरेर संघका अर्का उम्मेदवार दीपकराज जोशीलाई मान्यता दिएको थियो ।स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेको थियो ।