fbpx

त्रियुगा नदीको पुल तत्काल निर्माण गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र

author

समाचारपाटी

९ महिना अगाडि

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा बन्दै गरेको पुलको निर्माण कार्य तत्काल शुरु गर्न माग गर्दै स्थानीयहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापन पत्र बुझाएका छन् । 

बिहीवार मन्त्रालयमा चौदण्डीगढी नगरपालिकाका प्रतिनिधिहरुसहितले मन्त्री ज्वालालाई भेटेर पुलको निर्माण कार्य तत्काल अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । २०७८ असार १९ गते आएको बाढीले पुल भत्काएपछि पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । १२ वर्षमा तयारी हुनेगरी शुरु गरिएको निर्माण कार्य ०७८ को बाढीपछि काम अघि बढ्न सकेको थिएन । शिवायी र बेली जोड्ने सडकअन्तर्गतको पुल २०६६ सालबाट निर्माण शुरु भएको थियो । मन्त्री ज्वालालाई ज्ञापन पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौदण्डीगढी नगरपालिका ५ का अध्यक्ष तुल्सीराम ढकालले त्रियुगा नदीमा शिवायी र बेली जोड्ने पुल १४ वर्षअघि निर्माण शुरु भएको तर अहिलेसम्म नसकिएको बताउनु भयो । उहाँले पुल नबन्ने अवस्था भए वा पुल निर्माणमा ढिलो गरे मन्त्रालयमै धर्ना दिने चेतावनी दिनुभयो । उहाँले सरकारले कहिलेबाट काम शुरु गर्ने हो ? त्यसको प्रतिवद्धता दिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘त्रियुगा नदीमा शिवायी र बेली जोड्ने पुल छ । यो खोटाङ, भोजपुर जोड्ने बेलटार बजार केन्द्रित पुल हो । १४ वर्षअघि शुरु भएको थियो । १२ वर्षमा तयारी हुने अवस्थामा तीन वटा स्पान भाँचिएको र भाँचिसकेपछि यो पुल महाशाखा विभागमा पटकपटक बैठक गरेपनि केही नभएपछि हामीले यो ध्यानाकर्षण गराएका हौँ । अहिलेको अवस्थामा स्पष्ट भन्नुपर्दा डेमोक्रेसीलाई ब्युरोकेसीले छेकिरहेको अवस्था छ । यो अवस्था रही रहेसम्म काम हुँदैन । पुल नबन्ने अवस्था देखियो भने आज हामी यहाँ आएका छौँ भोलि विभागमा गएर प्रतिवेदन दिन्छौँ र नभए मन्त्रालयको प्रांगणमा धर्ना दिन्छौँ । यसको प्रतिवद्धता आउनुपर्छ । कहिलेबाट काम शुरु हुने ।’

त्यस्तै नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति खगेन्द्र राईले उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीमा बन्दै गरेको शिवायी र बेली जोड्ने सडकअन्तर्गतको पुल २०६६ सालबाट निर्माण शुरु भएको भएपनि अझै निर्माण पूरा हुन नसकेपछि मन्त्री ज्वालालाई भेटेर ध्यानाकर्षण गराएको बताउनु भयो । उहाँले ०७८ असार १९ गते आएको बाढीले पुल भत्काएपछि सरकारले गत भदौ महिनामा कार्तिकबाट काम शुरु हुन्छ भनेपनि आश्वासनमै सिमित भएको बताउनु भयो । उहाँले सरकारले पुल निर्माण कार्यमा ढिलो गरे सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो । 

उहाँले भन्नुभयो, ‘उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीमा बन्दै गरेको शिवायी र बेली जोड्ने सडकअन्तर्गतको पुल २०६६ सालबाट निर्माण शुरु भइ २०७८ सालमा सम्पन्न भएको थियो । तर ०७८ असार १९ गते आएको बाढीले त्यो भत्कियो, त्यसपछि कसरी बन्ने र बनाउने भन्ने सन्दर्भमा सडक विभाग लगायतका निकाकय लागिरह्यो । गत भदौ महिनामा कार्तिकबाट शुरु हुन्छ भनेर आश्वासन पाएका थियौँ । तर त्यो आश्वासनमै सिमित भयो । मन्त्रीज्युलाई यथाशिघ्र निर्माण कार्य अघि बढाउन भन्दा मन्त्रीज्युले पहिलाको भन्दा केही प्राविधिक कुराहरु नबुझिकन यसलाई अघि बढाउन सकिँदैन, भन्नुभएको छ । केही दिन हेरौँ भन्नुभएको छ केही दिन हेछौँ र हाम्रो यो डेलिगेशन टिम यतै बस्छौँ । नहुने र ढिलो हुने भयो भने यसलाई अघि बढाउन सशक्त आन्दोलन गर्नेछौँ ।’

ज्ञापन पत्र ग्रहण गरेपछि बोल्दै मन्त्री ज्वालाले पुल निर्माण कार्यमा केही ढिला भएपनि समाधान निकाल्ने गरी अघि बढ्ने आश्वासन दिनुभयो । 
उहाँले भन्नुभयो, ‘अलिकति ढिला भएपनि समाधान निकाल्ने गरी नै जाऔँ । भोलिसम्म उहाँले निर्णय गर्नेगरी अघि बढाऔँ । यसमा सबै क्षेत्रका सम्बन्धित व्यक्तिहरु बसेर फाइनल टुंगो गर्नेगरी हामी तयारी गर्छौं ।’ 

बाढीले क्षतिग्रस्त बनाएको त्रियुगा नदीको निर्माणाधीन मोटेरेबल पक्की पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली गठन गरेको थियो । तर अझै निर्माणको काम शुरु भएको छैन । ३ सय ७ मिटर लम्बाई रहेको पुलमा १२ वटा पिलर र ११ वटा स्लाब रहेको छ । 


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन