fbpx

त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट

author

समाचारपाटी

२ हप्ता अगाडि

लेखनाथ । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा शुक्रबार देखी स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि स्पर्धा गर्नेछन् । स्पोर्टस मिटको शुभारंभ गर्दै कलेजका पूर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य बाबुराम गिरीले विद्यार्थीको शैक्षिक गुणस्तर सहित अन्य क्षेत्रमा भएको प्रतिभा मापनका लागि खेल आवश्यक रहेको बताउनु भयो ।

अध्ययनले ज्ञान र बौद्धिक क्षमता बृद्धि भए जस्तै खेलले विद्यार्थीहरुका विचमा रहेको फरक विधा र क्षमताको पहिचान हुने उल्लेख गर्नु भयो । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले त्रिवेणीमा अध्ययन गरेका विद्यार्थी रोजगारको जुनसुकै क्षेत्रमा पनि अब्बल बन्ने गरी तयारी गर्न आग्रह गर्नु भयो ।

अध्यक्ष भट्टराईले योगले स्मरणशक्तिमा बृद्धि गराउन सहयोग पुर्याए जस्तै खेलले शारिरिक स्वस्थता र स्फुर्ती प्रदान गर्ने उल्लेख गर्नु भयो । सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले बार्षिक तालिका अनुसार आयोजना गरिएको स्पोर्टस् मिटमा कलेजका ५ सय विद्यार्थीहरुले सहभागिता जनाउने बताउनु भयो ।

कार्यक्रममा संचारकर्मी नवराज सापकोटा, प्राध्यापक जीवन भण्डारी, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराई लगायतले स्पोर्टस् मिटका बारेमा बोल्नु भएको थियो । स्पोर्टस् मिटमा महिला तथा पुरुष एकसय मिटर दौड, भलिबल, सटफुट, बलथ्रु सहितका १४ खेलमा स्पर्धा गराईने सहायक क्याम्पस प्रमुख पौडेलले बताउनु भयो । व्यवस्थापन संकाय तर्फ स्नातक र स्नाकोत्तर तहका छ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाउने स्पोर्टस् मिट फागुन २८ गतेसम्म संचालन हुनेछ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन