डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका-१ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयमा भीषण आगलागी भएको छ। विद्युत लाइन सर्ट भएर सुरु भएको आगलागीबाट विद्यालयको चार कोठे प्रशासनिक भवन जलेर नष्ट भएको हो।
आगलागीबाट प्रशासनिक कागजातहरू जलेर नष्ट भएको प्रधानाध्यापक जयबहादुर बस्नेतले बताउनुभयाे। आगो नियन्त्रणमा लिनका लागि डोजर लगाएर भवन भत्काइएको उहाँको भनाइ छ। मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।