त्रिभुवन विश्वविद्यालयको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि सुरु हुने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।

चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु सुरु हुनेछन् ।

यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । स्ववियु निर्वाचन भाग लिन नदिनका लागि हतारमा परीक्षा सन्चालन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा पाँच वटा ब्याच छन् । स्ववियु निर्वाचनमा चार वटा ब्याचले मात्र मतदान गर्न पाउने भएकाले चौथो वर्षलाई छिट्टै धपाउन लागि छिट्टै परीक्षा गर्न लागिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए ।

संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् । त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा २ र २ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यद्यपि यस वर्ष चैत ५ गते स्ववियु निर्वाचन हुनेछ ।

source:-onlinekhabar


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’