fbpx

चौथो हारसँगै श्रृंखला जित्ने नेपालको सम्भावना समाप्त

author

समाचारपाटी

२ महिना अगाडि

नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी आई श्रृंखलमा चौथो हार सामना गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल मंगलवार थाइल्याण्डसँग ५ रनले पराजित भएपछि जारी श्रृंखलामा तेस्रो हार व्यहोरेको हो । त्रिकोणात्मक श्रृंखलामा लगातार चौथो हारसँगै उपाधि जित्ने सम्भावना सकिएको छ । नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित श्रृंखलामा अब नेपालले बुधवार पाँचौं खेल नेदरल्याण्ड्ससँग र छैटौं खेलमा शुक्रवार थाइल्याण्ड्सँग खेल्नेछ । मंगलवार थाइल्याण्डले दिएको १०७ रनको सामान्य लक्ष्य पनि नेपालले भेट्टाउन सकेन । नेपालले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा १०१ रन मात्र जोड्न सक्यो । 

शिर्ष चार ब्याटर सस्तैमा आउट भएपछि नेपाल शुरुमा नै दबाबमा पर्यो । ओपनरद्वय सम्झना खड्का ५ रनमा र ममता चौधरी शुन्य, कप्तान इन्दु बर्मा ३ रन तथा बिन्दु रावल शुन्यमा लगातार आउट भए । यससँगै नेपाली टोली ४.२ ओभरमा ८÷४ को नाजुक अवस्थामा पुग्यो । यसपछि दबाबमा परेको नेपालले सुस्त ब्याटिङ गर्यो । तर पाँचौं विकेटका लागि पूजा महतो र रुबिना क्षेत्रीले ४४ रनको साझेदारी गर्दै इनिङ सम्हाले । १३ औं र १४ औं ओभरमा क्रमशः रुविना २६ रन र पूजा १८ रनमा आउट भए । पूजाले २८ बलमा दुई चौका र रुविनाले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।  यससँगै नेपाली टोली दबाबमा पर्यो ।
आठौं नम्बरमा ब्याटिङ गर्न आएकी कविता जोशीले ठूलो सट खेल्दै जितको आशा दिलाए पनि सम्भव भएन ।

१९ औं ओभरको अन्तिम बलमा कविता २४ रनमा बाउण्ड्री लाइनमा क्याच भइन् । उनले २० बलमा तीन चौका र एक छक्का हिर्काइन् । रोमा थापा १९ बलमा दुई चौकासहित १९ रनमा नटआउट रहिन् । थाइल्याण्डकी बलर थिपात्चा पुथावाङले चार ओभरमा एक मेडनसहित चार विकेट लिँदै नेपालको इनिङ धराशायी बनाएकी हुन् । चार ओभर गरेकी फनिता मायाले दुई विकेट लिँदै ११ रन मात्र दिइन् । नेपालले दुई विकेट रनआउटका रूपमा गुमाएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनाएको थियो ।

थाइल्याण्डका शिर्ष तीन ब्याटर नाताया बोचाथाम १०, अफिसरा सुवान्चोनरथीले १७ र नानापात कान्चारोइन्काईले १९ रनमा आउट भइन् । त्यस पछिका ब्याटर नाथाकान चान्थम र कप्तान नारुइमोल चाइवाइ शुन्यमा तथा फनिता माया १ रनमा आउट भए । यसपछि नेपाली बलरले दबाब बनाइ राखे । उनीहरूले १५ ओभरसम्म अनुशासित बलिङ गरे । १२.५ ओभरमा ५६÷६ को स्थितिमा थियो । तर, अन्तिम पाँच ओभर भने समालिन सकेन र ४३ रन बेहो¥यो । सातौं विकेटका लागि थिपात्चा पुथावङ र चानिदा सुथिरुवाङले ५० रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए । पुथावङ २५ र चानिदा २७ रनमा नटआउट रहे । 
नेपालले फिल्डिङमा पनि लगातार गल्ती गरेपछि थाइल्यान्डका ब्याटरलाई मद्दत मिलेको थियो । नेपालको बलिङमा मनीषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै १८ रन मात्र दिइन् । पूजा महतो र रचना चौधरीको नाममा समान एक विकेट रह्यो । रचनाले चार ओभरमा १६ रन मात्र दिएर किफायती बलिङ गरिन् । अब नेपालले बुधवार नेदरल्याण्डसँग खेल्नेछ । श्रृंखलामा यो पाँचौं खेलमा हुनेछ ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...