fbpx

त्रिकोणात्मक टी-२० आई सिरिज :आज दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी-२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए ।

सुरुआत कमजोर गरेपनि अन्तिम ९ ओभरमा नामिबियाले १४० रन बनाउँदै विशाल योगफल बनाएको थियो । नेपालले यस कमजोरीलाई ध्यान दिनुपर्छ । डेथ ओभरमा उत्कृष्ट बलिङ आवश्यक देखिन्छ । नेपालको डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरा चोटबाट फर्किएका छन् । पहिलो खेलमा अभिनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए ।

नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने बलियो सम्भावना छ । अनिल शाह र ललित राजवंशीलाई मौका दिने देखिन्छ । अनिललाई ब्याटिङ र ललितलाई स्पिन बलिङ मजबुत बनाउन मौका दिने देखिन्छ । यी दुई खेलाडीलाई मौका दिँदा नामिबियाविरुद्ध ६ रनमा आउट भएका आसिफ शेख र ५ रन जोडेका सन्दीप जोरा बाहिर हुने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना भने कम छ ।

कुशल भुर्तेल नामिबियाविरुद्ध पहिलो बलमै आउट भएका थिए । भूर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् ।

उता नामिबियाका ओपनर म्याक्स ओडाउड र माइकल लेभिट दुई प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके नेपालले खेलमा दबाब बढाउन सक्छ । अन्यथा लेभिट र ओडाउडले आफ्नो आक्रामक क्रिकेटमा विशाल योगफलको आधार तय पार्न सक्छन् ।

लगातार विश्वकप खेल्दै आएको डच टोली दबाबमा खेल्न जानेको छ । टी(२० को लागि मात्रै दुई तीव्र गतिका बलर फर्द क्लासेन र टिम भान डर गुग्टेन टोलीमा जोडिएका छन् । नेदरल्यान्ड्समा तेजा निडाामानिरु, बास डि लिडे र स्कट एडवार्ड्सले मध्यक्रम ब्याटिङ सम्हाल्ने छन् । बास डि लिडे, म्याक्स ओडाउड र फर्द क्लासेन प्रमुख हतियार हुन् ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी(२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए ।

नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९।३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

onlinekhabar


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन