बौद्धिक अपांगता भएकाहरूलाई रोजगार एवं सामाजिक सुरक्षा अनिवार्य दिनुपर्छः अध्यक्ष श्रेष्ठ
पोखरा, १५ पुस । बौद्धिक अपांगता भएकाहरूलाई रोजगार एवं सामाजिक सुरक्षा अनिवार्य दिनुपर्ने बौद्धिक अपांगता अभिभावक संघ, कास्कीका अध्यक्ष राम नारायण श्रेष्ठले बताउनुभएको छ । मंगलबार संघको आयोजनामा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले सो कुरा बताउनुभएको हो । उहाँले बौद्धिक अपांगता भएका व्यक्तिहरू स्वयं निर्णय लिन नसक्ने हुँदा सहयोगीको आवश्यकता पर्ने भन्दै सकेसम्म सरकारी पक्षबाट सुरक्षा दिओस् […]