आज देशको धेरैजसो स्थानमा हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौँ, २९ चैत । स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना […]