पोखरामा गुरुङ मातृभाषा प्रशिक्षण कार्यक्रम सुरु
राजाराम पौडेल,पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखराको दीपमा गुरुङ मातृभाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले गर्नुभएकाे थियाे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आचार्यले आफ्नो मातृभाषाको महत्व ठुलो हुने भएकोले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताउनुभयो […]