चार वर्षदेखि पोर्चुगल बस्दै आउनुभएकाे राजनकाे पौडी खेल्ने क्रममा डुबेर निधन
लिस्बन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल जानुभएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आउनुभएकाे चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो । सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिनुभयाे […]