त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह
काठमाडौँ, १० भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग ÷स्कूल ÷क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गर्नु भएको छ । […]