कास्की क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु
पोखरा, २४ मंसिर । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ । टस हारेर व्याटिंगमा उत्रिएको माछापुच्छ्रे क्रिकेट क्लबले कप्तान दिपेश खत्रीको शतकीय पारीमा ६ विकेटको क्षतिमा ५० ओभर पुरा खेल्दै […]