अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका एकजनाले गरे क्वारेन्टाइनमै आत्महत्या
भिम बिसि, अर्घाखाँची, ३ असार । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका अर्घाखाँचीको शितगंगाका एकजनाले आत्महत्या गरेका छन् । शितगंगा नगरपालिका-५, गल्दाको हरि माविको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ बर्षीय देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताए । गत जेठ १० गते भारतबाट घर फर्किएका बि.क.को आरडिटी रिपोट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि स्वाब संकलन […]