fbpx

यातायात कार्यालय कास्कीमा पनि छिट्टै टोकन सिस्टम

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले चासो राख्नुभएकाे छ । शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले बिचौलियाले कार्यालयका फाइल भित्रै छिरेर हेर्ने गरेको गुनासो आफूसम्म आएको सुनाउनुभयाे ।

त्यसपछि उहाँले कार्यालयका निमित्त प्रमुख अशोक गौतमलाई सोध्नुभयाे – बाहिरको मान्छेले ढड्डा किन भित्रै पसेर हेर्छन् ? भोलि फाइल च्यातियो,फोटो हेरफेर भए कसले जिम्मा लिन्छ ? किन यस्तो पहुँच भयो ? निमित्त प्रमुख गौतमले आफूहरुकै निगरानीमा फाइल हेरिने गरेको जवाफ दिनुभयाे । त्यसपछि मन्त्री केसीले प्रश्न गरे – कर्मचारीले सबै निगरानी गरेर भ्याउनुहुन्छ ? कार्यालय प्रमुख गौतमले सीसी क्यामेराबाट पनि निगरानी गर्ने गरेको दाबी गरे । त्यसपछि मन्त्री केसीले त्यसरी पहुँच दिँदा कुनै कमजोरी भए जिम्मा कसले लिने भनेर निमित्त प्रमुख गौतमलाई प्रश्न गरे । निमित्त प्रमुख गौतमले अबदेखि बाहिरी व्यक्तिलाई फाइल र ढड्डामा पहुँच नदिने बताउनुभयाे ।

मन्त्री केसीले सेवा प्रवाहमा टोकन सिस्टम लागु भए÷नभएको विषयमा चासो राख्नुभयाे । टोकन सिस्टम लागु नभएको जानकारी पाएपछि मन्त्री केसीले टोकन सिस्टम तत्काल लागु गर्न निर्देशन दिनुभयाे । काठमा नम्बर खोपेर हुन्छ कि पेपरमा नम्बर लेखेर, कार्यालयको छाप हानेर हुन्छ तत्काल सुरु गर्नू,’ मन्त्री केसीले भन्नुभयाे । निमित्त प्रमुख गौतमले आइतबारदेखि टोकन सिस्टम लागु गर्ने जवाफ दिनुभयाे ।

निमित्त प्रमुख गौतमले सडक एकतर्फी भएको हुँदा पार्किङ र आवतजावतमा समस्या भइरहेको मन्त्री केसीलाई जानकारी गराउनुभयाे । कार्यालय छेउमा रहेको पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लिएर पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने विकल्प उहाँले देखाउनुभयाे । निमित्त प्रमुख गौतमले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म ४३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी मन्त्री केसीलाई गराउनुभयाे ।

मन्त्री केसीले शुक्रबार नै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रको पनि निरीक्षण गर्नुभयाे । उहाँले कार्यालय प्रमुख मिलन केसीसँग कार्यालयको सेवा प्रवाह र समस्याबारे ब्रिफिङ लिनुभयाे । ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख केसीलाई निर्देशन दिनुभयाे । सेवा प्रवाहमा कुनै अनियमित गतिविधि भएको थाहा पाएमा कारबाही गर्ने चेतावनी दिनुभयाे। उहाँले दुवै कार्यालय प्रमुखलाई कार्यालयले प्रदान गर्ने सेवामा कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयाे । मन्त्री केसीसँगै मन्त्रालयका सचिव कमलकुमार अधिकारी, यातायात महाशाखा प्रमुख अनिल सुवेदीलगायत पनि कार्यालय निरीक्षणमा पुग्नुभएकाे थियाे ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन