fbpx

‘अहिलेको पोजिसन हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ७.१ बाट झरेर २ भन्दा मुनि छ’:-रघुवीर महासेठ

author

समाचारपाटी

१ year अगाडि

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ । 


शनिवार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभइ सरकारको पनि बताउनु भयो । उहाँले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको बताउनु भयो । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उहाँको दाबी थियो । उहाँले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिलेको पोजिसन हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ७.१ बाट झरेर २ भन्दा मुनि छ । त्यो अब एक दुई महिनापछि सार्वजनिक गर्ने नै छौँ । देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै होइन । नेपाल सरकारको पनि हो । जबसम्म नेपाल सरकार र निजी क्षेत्रको बीचमा एउटा सहकार्य हुँदैन, आर्थिक क्षेत्रमा हामी फड्को मार्न सक्दैनौँ । निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरु सक्नुहुन्न । सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भयो भने पनि सफल हुँदैन । हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि गठबन्धनको सरकार छ । तर गाडी जाँदाखेरि ड्राइभरलाई धेरै डिस्टर्ब गर्यो भने गाडी एक्सीडेन्ट हुने सम्भावना हुन्छ । बसभित्र बस्ने प्यासेन्जरहरुले पनि यो बस सुरक्षित ठाउँमा पुग्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ । त्यसमा सचेत हुनुपर्छ । आशा गरौँ, अब हिजो भन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ । यो सरकारबाट हुनसक्ने सबै प्रकारको सहयोग हामी गर्न तयार छौँ ।’ उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोशाकमा धेरै ठूलो परिवर्तन गर्नसक्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन