उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताउनुभएको छ ।
बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस्तो बताउनुभएको हो । उहाँले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताउनु भयो । उहाँले दोषी जो कोही भएपनि कारबाहीको दायरामा आउने बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेलाई नेपाली काँग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले बिरोध गरिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जहाँ हाम्रो उपप्रधानमन्त्री रवि लामिछानेजीको कुरा छ । त्यो कुरा अहिले जुन प्रकारले काँग्रेसले राजीनामाको माग गर्नुभएको छ । त्यो आफैँमा गलत कुरा हो । उहाँहरुको माग संसदीय छानबिन समिति हो । हिजो गठबन्धन चेन्ज हुँदा उहाँलाई नेपाली काँग्रेसले प्रधानमन्त्री बनाउन सक्ने तर उहाँहरुको अफर स्वीकार नगर्दा र यो सरकारमा आएर गृहमन्त्री बन्दा अपराधी हुने, ठग हुनेकुरा गलत हो । त्यसैले छानबिन जारी छ । जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानैपर्छ । कुनै चान्स छैन । जो सुकै होस् । यो गठबन्धन बाँकी समय सबै जान्छ । भौतिक पूर्वाधारलाई जसरी हुन्छ, राम्रो गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान सक्दैन । सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित चाहे त्यो हुलाकी राजमार्ग होस्, महेन्द्र राजमार्ग होस् त्यो विकास । मदन भण्डारी राजमार्ग जुन होस्, उत्तर दक्षिण धेरै रोडहरु सम्पन्न गर्ने लक्ष्य लिएर यो सरकार अघि बढेको छ ।’
उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल चल्ने बताउनु भयो । भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान नसक्ने भएकाले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विकास रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल