fbpx

‘कान्ती राजमार्गको काम तिब्र गतिमा अघि बढाउँछौँ’:- मन्त्री प्रकाश ज्वाला

author

समाचारपाटी

१ year अगाडि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कान्ती राजमार्गलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सरकारले तिब्र गतिमा काम अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ । 
शुक्रवार कान्ती राजमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत अवलोकन गर्दै उहाँले सरकारले संघीय राजधानी काठमाडौं जोड्ने महत्वपूर्ण राजमार्गका रुपमा सडक निर्माणलाई तिब्र गतिमा अघि बढाउने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले तिब्र गतिमा सडक निर्माण गर्न नसक्दा वैकल्पिक राजमार्गको रुपमा राम्रोसँग प्रयोग हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले  नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भइरहने अवस्थामा छोटो दुरीको कान्ती राजमार्ग महत्वपूर्ण सावित हुने बताउनु भयो । उहाँले हेटौँडाबाट काठमाडौं पुग्नका लागि ७९ किलोमिटर रहेको राजमार्गलाई सहज बनाउनसके र स्तरोन्नति गर्नसके धेरै नै फलदायी हुने बताउनु भयो । ठेक्कापट्टाका काम छिटो सम्पन्न गर्ने, बजेट सुनिश्चितता गराएर बाँकी ठेक्कापट्टा गर्ने र सडक नियमित सञ्चालन गरी सहज रुपमा यातायातको आवागमन हुने वातावरणका लागि मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाउनु भयो । आगामी भदौबाट स्थायी रुपमा नै सहज रुपमा यातायात सञ्चालन हुनेगरी वैकल्पिक राजमार्गको रुपमा प्रयोग गर्ने र दीर्घकालीन रुपमा यातायात सञ्चालन गर्नेगरी अघि बढ्ने बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘कान्ती राजपथ २०१३ सालदेखि शुरु भएको ऐतिहासिक राजमार्ग हो । यो संघीय राजधानी काठमाडौं जोड्ने महत्वपूर्ण राजमार्ग हो । यसको निर्माण जसरी तिब्र रुपमा हुनुपर्दथ्यो, त्यसरी तिब्र रुपमा हुन नसक्दा हामीले वैकल्पिक राजमार्गको रुपमा त्यति राम्रोसँग प्रयोग गर्न सकेका छैनौँ । हाम्रो नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भइरहने, पहिरो गइरहने, त्यस्तो अवस्थामा छोटो दुरीको हेटौँडाबाट काठमाडौं पुग्नका लागि ७९ किलोमिटर मात्रै छ, यसलाई सहज बनाउनसके, यसको स्तरोन्नति गर्नसके र यसलाई १२ महिना नै नियमित सञ्चालन गर्ने अवस्थामा पुर्‍याउनसके धेरै नै फलदायी छ । हामी कान्ती राजपथको अवस्था के छ रु विभिन्न ठाउँमा पहिरोको समस्या छ, यसको रोकथाम कसरी गर्न सकिन्छ त्यसको अनुगमनका लागि आएका हौँ । तत्कालिक रुपमा कहिलेकाहीँ नारायणघाट–मुग्लिन सडकखण्ड बन्द भए साना गाडीहरु यहाँबाट चलाउन सकियोस् भनेर यसका लागि हामी केही दिनभित्रै यो बाटोको सुधार र मर्मतको काम गर्नेछौँ । यो राजमार्गलाई दीर्घकालिन रुपमा ६६ करोडको बजेट सुनिश्चिततालाई अर्थ मन्त्रालयमा पठाइसकेको छ । त्यो फाइललाई समेत अघि बढाउने र विभिन्न ठाउँमा स्लोभ स्टाबिलिटी लगायतका कुरामा हामीले व्यवस्थित गर्नसके नियमित रुपमा चल्नसक्छ । यो काठमाडौंको सहज र छोटो रुपमा यो राजमार्ग हुनसक्छ । ठेक्कापट्टाका काम छिटो सम्पन्न गर्ने, बजेट सुनिश्चितता गराएर बाँकी ठेक्कापट्टा गर्ने र यसलाई नियमित, सहज रुपमा यातायातको आवागमनमा लैजाने गरी लागि पर्नेछौँ । भोलिदेखि नै सक्रियताको साथ यसको मर्मतसम्भारमा लाग्नेछौँ । सम्पूर्ण सडकलाई कालोपत्रे बनाउने काममा अघि बढ्नेछौँ । तत्काल बाटो अवरुद्ध नहुनेगरी हामी यातायात सहज बनाउन मर्मत सम्भारमा लाग्नेछौँ । बाटो अवरुद्ध भए तत्काल खुलाउन मेसिन तयारी रुपमा राखेका छौँ । भदौबाट स्थायी रुपमा नै सहज रुपमा यातायात सञ्चालन हुनेगरी वैकल्पिक राजमार्गको रुपमा प्रयोग गर्ने दीर्घकालीन रुपमा यातायात सञ्चालन गर्नेगरी अघि बढ्नेछौँ ।’

त्यस्तै कान्ती राजमार्ग सडक योजना कार्यालयका योजना प्रमुख सुरेश न्यौपानेले ७९ किलोमिटरको राजमार्गमा अहिलेसम्म लगभग ७ किलोमिटर सडकखण्ड भने कच्ची रहेको बताउनु भयो । उहाँले त्यसमध्ये २ किलोमिटर सडक ठेक्कापट्टामा गइसकेको र बाँकी ५ किलोमिटरमा पहिरो र चट्टानको समस्या रहेकाले छिटै नै ठेक्कापट्टामा गएर काम अघि बढाउने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो ७९ किलोमिटरको राजमार्गमा आजको मितिमा ७ किलोमिटर कच्ची छ, त्यसमा दुई किलोमिटर ठेक्कापट्टामा गइसकेको छ । वर्षा शुरु भइसकेर केही रोकिएको छ । ५ किलोमिटर चाहीँ, पहिरो क्षेत्र र कडा चट्टानको भूभाग छ, जसमा पहिरो क्षेत्र बाहेक कटिङ बाँकी काम गर्नलाई ८० करोडको लागत अनुमान गरेका छौँ । त्यसको लागि अर्थ मन्त्रालय लगेका छौँ । त्यसका लागि चुनौति छ, आगामी आर्थिक वर्षका लागि २४ करोड छ, त्यसमा केही सहज भए अर्को आ।व।देखि शुरु गर्नसक्छौँ ।’

काठमाडौं उपत्यकालाई तराई मधेससँग जोड्ने पुरानो राजमार्ग भएपनि हालसम्म कान्ती राजमार्ग प्रभावकारी रुपमा सञ्चालन एवं पुनःनिर्माण कार्यले गति लिन सकेको छैन । सरकारले सो आयोजनाका लागि सडक चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नतकिा लागि तीन अर्ब ७८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । कुल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्र गर्न बाँकी छ । त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ । कुल ७२ किलोमिटर सडक चौडा तथा सुधार भइसकेको छ । 
नोटःमन्त्री ज्वालाले शुक्रवार कान्ती राजपथको अवलोकन गर्नुभएको थियो । तर शुक्रवार अबेर भइसकेकाले आज ९शनिवार० मात्रै समाचार बनाइ पठाएका छौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ । 


काठमाडौं

शनिबार, कार्तिक १७, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक