सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक—फरक बनाउन अर्थ मन्त्रालयले दिएनः मन्त्री प्रकाश ज्वाला

author

समाचारपाटी

१ year अगाडि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक—फरक बनाउन अर्थ मन्त्रालयले नदिएको आरोप लगाउनुभएको छ । 

आईतवार सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीहरुसँग यातायात क्षेत्रका बारेमा छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन अलग अलग ड्राफ्ट गरेर अर्थ मन्त्रालय पठाएको भएपनि अर्थ मन्त्रालयले मर्ज गरेर एउटै बनाएर पठाइदिएको बताउनु भयो । उहाँले सडक सुरक्षा ऐन अलग हुनुपर्ने दबाब आफूलाई आइरहेको बताउनु भयो । यातायात मन्त्रालय सडक सुरक्षा ऐन अलग्गै बनाउनुपर्ने पक्षमा रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन अलग अलग ड्राफ्ट गरेर मन्त्रालयबाट पठाइयो । अर्थ मन्त्रालयबाट त्यसलाई मर्ज गरेर एउटै बनाउनुपर्छ भनेर मर्ज गरेर पठाइएको छ । चौतर्फी रुपमा सडक सुरक्षा ऐन अलग हुनुपर्छ भन्ने दबाब छ । विभिन्न देशको अनुभव पनि सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक फरक छ । सडक सुरक्षा ऐन अलग्गै गराउने गरी प्रश्ताव पास गर्नुपर्छ । हामी अलग्गै बनाउनुपर्छ भन्ने पक्षमा छौँ ।’

मन्त्री ज्वालाले प्रदेशपिच्छे सवारी करको दर भिन्नभिन्न हुँदा समस्या उत्पन्न भएको भन्दै एकरुपता ल्याउन आग्रह गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई स्कुटर, टेम्पो र इरिक्साकाको लाइसेन्स उपलब्ध गराउनेबारेमा बढी ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले ह्याभीवेट सवारीसाधको ट्रायल पास गरिसकेपछि पुनः इन्टरभ्यु दिनेकुराको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले सेटिङ मिलाएर बद्मासी हुनेकुरालाई रोक्न जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सवारी करको दर भिन्न भिन्न हुँदा समस्या भएको छ । प्रदेश प्रदेशको भिन्न हुँदा धेरै समस्या आएको छ । यसमा एकरुपता ल्याउनुपर्छ । त्यसो भयो भने सेवाग्राहीलाई सजिलो हुन्छ । लुम्बिनीमा एउटा र गण्डकीमा अर्को हुँदा नराम्रो महशुस हुन्छ । प्रदेशले नै बढी सोच्नुपर्छ । अपांगता भएकालाई लाइसेन्स उपलब्ध गराउने कुरा, स्कुटर, टेम्पो र इरिक्साको लाइसेन्स उपलब्ध गराउने कुरामा बढी छलफल गरौँ । ह्याभी इक्वीपमेण्ट्सको विषय पनि छ । ट्रायल पास गरेपछि इन्टरभ्यु दिनुपर्ने कुरा पनि रहेछ, त्यो किन गरेको हो, त्यसलाई रोक्नुपर्छ । त्यसमा बद्मासी हुन्छ । ट्रायल पास गर्ने बेलामै एक खालको सेटिङ गर्ने खालको हो । । त्यो बैलै सेटिङ गरे इन्टरभ्युमा पास हुने नत्र फेल हुने खालको समस्या छ ।’

मन्त्री ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिइ पास गरेको प्रमाणपत्र पेस गरेपछि मात्रै ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रश्ताव अघि सार्नुभयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन