fbpx

सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुन्छः यातायातमन्त्री प्रकाश ज्वाला

author

समाचारपाटी

९ महिना अगाडि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अव उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताउनुभएको हो । मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसावले अघि बढाउने आवश्वासन समेत दिनु भयो ।

मन्त्री ज्वालाले भन्नु भयो, ‘माननीयजीहरुसँग म के कुरामा सहमत छु भने पूर्व–पश्चिम सडक चाँही अलि पर्याप्त भइसके भन्ने लाग्छ मलाई । कम्पिलिट गर्नुपर्ने त छ नै । पूर्व–पश्चिम राजमार्ग छदैछ । त्यसलाई हामीले स्तरोन्नतिको काम गरिरहेका छौं । कुनै सेक्टरमा वल्र्ड बैंकले सहयोग गरेको छ । कुनैमा एडिबीले सहयोग गरेको छ । यसलाई पनि हामीले ४ लेन र ६ लेनमा स्तरोन्नति गर्ने । त्यसो भयो भने धेरै ठूलो भइहाल्छ । हुलाकी राजमार्ग पनि त्यही हुने भयो । अव भित्री मधेसलाई लक्षित गरेर बनाइएको सडक हो मदन भण्डारी राजमार्ग । त्यो पनि पूर्व–पश्चिम नै थ्रु आउट हुने हो । त्यो भन्दा माथि पुष्पलाल मध्यपहाडी लोकमार्ग पनि छदैछ । त्यो पूर्वपश्चिम खुली नै सक्यो । त्यसको बाँकि ठाउँमा स्तरोन्नति गर्नुछ । अनि चार वटा ठूल्ठूला सडकहरु बनिसकेका छन । तयारी भएका छन । भने पछि पूर्व–पश्चिम यातायातको सन्दर्भमा धेरै ठूुलो समस्या अव हुन्छ जस्तो लाग्दैन । , त्यसैमा फेरि जो पूर्व–पश्चिम रेल वे छ । अव हामीले यसको निकास निकाल्नु पर्छ । अव बजेट पनि नआउने, अगाडि बढाउन पनि नसकिने, काम गर्न पनि नसकिने । अनि जनताको जग्गा चाहीँ होल्ड गरेर पनि राख्ने । यस्तो अवस्था चाहीँ लामो समयसम्म नहुने गरी हामी काम गर्छौं । कि अब सरकारले बजेटको व्यवस्था गरेर काम अगाडि बढाऔं । नत्र भने जनतालाई टेन्सन दिइरहनुपर्ने समय धेरै बाँकि राख्नु हुँदैन भन्ने हिसावले यसको उपयुक्त निकास सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री, हामी बसेर एकसरो अनौपचारिक छलफल हामीले गरेका छौं । हामी यसलाई एउटा टुंगोमा पुर्याउँछौं । जनतालाई सास्ती नहुने विकल्प के हुन्छ ? विकास पनि हुने, जनतालाई सास्ती पनि नहुने । हाम्रो विकल्प त्यही नै हो । त्यसै विकल्पमा हामी एउटा स्थायी सोलुशन निकाल्छौं । अब हामीले ध्यान दिनुपर्ने भने उत्तर–दक्षिण करिडोरमै हो । किनकी उत्तरदक्षिण करिडोर भनेको चाहीँ ती इकोनोमिक करिडोर पनि हो । त्यो व्यापारिक मार्ग पनि हो । यो दक्षिण सीमानादेखि उत्तरी सीमानसम्म पनि हो । यी त्रिदेशीय लिंक रोडहरु पनि हुन । त्यसैले व्यापारिक उद्देश्यले अथवा उत्पादित खाद्यन्न लगायतका बस्तुहरु पहाडमा पु¥याउनु पर्दा, पहाडमा उत्पादित जडिबुटी, फलफूल लगायतका बस्तुहरु दक्षिण पु¥याउनुपर्ने होला । त्यसैले यो व्यापारिक करिडोरको रुपमा, इकोनोमिक करिडोरको रुपमा रोजगारीलाई पनि प्रवद्र्धन गर्ने हिसावले उत्तर–दक्षिण सडकहरुलाई अब हामी उच्च प्राथमिकतामा राख्छौं । अब बनिरहेको १६ औं योजनामा पनि हामी त्यही ढंगले आयोजनाहरुको तय गर्छौं । र, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा पनि उत्तर–दक्षिण सडकहरुलाई बढि प्राथमिकता दिन्छौं । यो चाहीँ तीन वटा करिडोरहरु त छँदैछन् अत्यन्तै महत्वपूर्ण । त्यसबाहेक पनि जस्तो महाकाली करिडोरको कुरा छ । त्यस्तै सेती राजमार्गको कुरा छ । कर्णाली राजमार्ग छ । राप्ती राजमार्ग छ । यो घुर्मी–कटारी–सोलु राजमार्ग छ । यही अरनिको राजमार्गको अवस्था के छ ? त्यसकारण उत्तर–दक्षिण राजमार्गहरुलाई हामीले उच्च प्राथमिकता दिएर जानुपर्छ भन्ने कुरामा म पनि सहमत छु । अब हामी त्यतातिर कामलाई केन्द्रित गर्छौं ।’

बैठकमा बोल्दै समितिका सदस्यहरुले जनतामा आशा जगाउने खालका पूर्वाधार विकासमा जोड दिन सरकारलाई सचेत गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले विदेश पलायन हुने क्रम रोक्ने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले मुलुकप्रतिको विश्वास जगाउने गरी सरकारले सडकलगायतका पूर्वाधार विकासको कामलाई तिब्रता दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । 

सांसद राईले भन्नुभयो, ‘अहिले मान्छेले मुलुकप्रतिको आशा र विश्वास बिस्तारै हराउँदै गएको छ । र, विकास, निर्माणको काम सोचे अनुसार नै हुने हो भने साँच्चै मान्छेहरु आशावादी हुन्छन् । मुलुकप्रति विश्वास गर्छन् । र, मुलक छोडने क्रम पनि न्युनिकरण हुन्छ । त्यसैले यी कामहरुमा जोड दिनुपर्दछ ।’

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद  गोपीबहादुर सार्की (आछामी) ले  देश र जनतालाई छिटो प्रतिफल दिने विकास आयोजनाको काममा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अघि बढाउनेबारे निर्णय लिन ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । 

सांसद आछामीले भन्नुभयो, ‘धेरै र छिटो प्रतिफल दिने आयोजनाहरुको काममा बजेट, स्रोत, साधन र जनशक्ति केन्द्रित गरेर यसलाई समयमै सम्पन्न गर्नका लागि पनि ध्यान दिनुपर्छ भन्ने मेरो सरकारलाई सुझाव छ । अब यो रेलको विषय चाँही यो पूर्वपश्चिम विद्युतीय रेल बनाउने कुरा पनि छिटो निक्र्यौलमा पुग्नुपर्दछ । यसमा ढिलाई गर्नहुन्न ।’

सांसद आछामीले जनतालाई सास्ती हुने र मुलुकमा आर्थिक भार मात्रै पर्ने आयोजनालाई सरकारले अहिले तत्काल अघि बढाउन नहुने पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने