देशभरका सडकमा १२ महिनै सवारी चलाउन सक्नेगरी काम गर्छुः यातायातमन्त्री नारायणकाजी श्रेष्ठ

author

समाचारपाटी

६ दिन अगाडि

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताउनुभएको छ । 

शुक्रवार भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकार मुलुकभरका सडकलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको बताउनुभएको हो ।  उहाँले सडक व्यवस्थित बनाउने अभियान अन्तर्गत नै भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गरेको भन्दै कालोपत्र हुन बाँकी सडक चाँडै कालोपत्र गरिने प्रतिवद्धता जनाउनु भयो । उहाँले भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद,खानेपानी निर्माण र अण्डरग्राउण्ड विद्युतको कारण समस्या रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले चाँडै अदालत,अख्तियार,वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने बताउनु भयो । उहाँले राज्यका सबै निकायले विकास निर्माणमा सहयोग गर्ने भएको भन्दै स्वायत्तता निकायको भुमिकालाई सरकारले हस्तक्षेप गर्न नसक्ने बताउनु भयो । उहाँले काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिइएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ सरकारले नयाँ रणनीतिक महत्वका राष्ट्रिय राजमार्ग र सडकहरुमा कतिपय ठेक्का भएका छन् । कतिपय ठेक्का हुन बाँकी छन् । ठेक्का भएर पनि काम नभएका आयोजनाहरु पनि रहेका छन् । सबै काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना प्रमुखहरुलाई निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइएको छ । त्यो अनुसार अनुगमन पनि भएको छ । काममा केही प्रगति भएका छन् । तर अझै पूरै सन्तुष्ट हुनुपर्ने अवस्था छैन । उपत्यकाका सडकका खाल्डाहरु पूर्ने काम भएको छ । खानेपानी र अण्डरग्राउण्ड विद्युतको कारणले गर्दा काम गर्न सकिएको छैन । ठेकदारको ढिलाई र जग्गा मुआब्जा विवादको कारण सडक कालोपत्रे गर्न सकिएको छैन । अदालतको आदेश भएको भएको स्थानमा अदालतको बिरुद्ध सरकार जान सक्दैन । तर स्थानीयहरुको आफ्नै गुनासो छ । सडकको कालोपत्र सरकार गराउँछ । सरकारले अदालत,अख्तियार,वन मन्त्रालयसँग छुट्टै छलफल गर्छौं । कहाँ समस्या छ । राज्यका सबै अंगले विकास निर्माणमा सहयोग गर्ने हो । राज्यका अर्को अंगहरुको स्वायतता भुमिका छ । त्यसमा हामीले हस्तक्षेप गर्दैनौं । विकास निर्माणमा समस्याहरु के भए । उहाँहरुलाई पनि बताउँछौं । अहिले भएका समस्याहरु समाधान गर्दै विकास निर्माणका कामलाई तिब्रता दिने अन्तर्गत सडकलाई व्यवस्थित सडक बनाउनु सरकारको कतव्र्य हो । त्यो काम गराउन सरकार लागि परेको छ ।’

उहाँले सडक निर्माण गर्दा कतिपय ठेकेदारको लापरबाही गर्दा निर्माण सम्पन्न नुहने तथा जग्गा मुआब्जा विवादको कारण सडक कालोपत्रे गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकमा विवाद कायम रहेको क्षेत्र छाडेर बाँकी रहेको खण्डमा कालोपत्र तत्काल गर्ने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, चैत्र ९, २०७९

१८.८३°

-
Clouds

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘२०८० साललाई जातीय छुवाछुत बिरुद्धको अभियान वर्ष’ घोषणा गर्न...

‘दलितमाथि हुने अपमान र विभेद अन्त्यका लागि दृढतापूर्वक अघि...

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नभएका सांसद देवकोटाको...

सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

 ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ’:-अभिनेत्री सुरक्षा पन्त

प्रभुको निर्देशनमा गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ म्यूजिक भिडियो...

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...