गण्डकी प्रदेशका सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण सम्बन्धी तीन दिने तालिम

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालनका लागी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबारदेखि पोखरामा शुरु भएको थियाे । नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वरले केन्द्रीय सहकारी संघ संस्था संगको साझेदारीमा आयोजना गरिएको उक्त तालिम आगामी मंसिर २७ गते सम्म पोखरामा सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रदेश रजिष्टार रमेश घर्तीले सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस)ले सहकारीहरुलाई कानुनी हिसावले कडी लगाउने काम गर्ने बताउनुभयाे । सहकारीहरु अझैपनि कानुनी दायरामा आउन नसकिरहेको अवस्थामा कोपोमिस प्रणालिले सहरकारीहरुलाई कानुनी दायरामा ल्याउन सजिलो बनाउने बताउँदै सहकारी संचालकहरुले कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरणमा अझैपनि ध्यान नदिदा सहकारी संस्थामा समस्या उत्पन्न भइरहेको बताउनुभयाे ।

गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई पालिका संग सहकार्य गरि कोपोमिस तालिम सञ्चालनलाई अभियानका रुपमा सञ्चालन गर्न सके सहकारीहरु सुद्धिकरण भएर जाने बताउँदैै घर्ती मगरले सहकारी अभियानमा देखिएका बिकृति, समस्या र चुनौतिहरुलाई सामना गर्न सम्पूर्ण एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयाे । सहकारीमा देखिएका समस्याहरुलाई हल गर्नका लागी आफु र आफ्नो कार्यालय तत्पर रहेको भएतापनि यसमा मुख्य गरी जिल्ला सहकारी संघहरुको मुख्य भुमिका रहने घर्तीको भनाइ रहेको थियो ।

नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी बिभाग नयाँ बानेश्वर काठमाण्डौँका इन्जिनियर राजन पाण्डेले सहकारीहरुलाई दायरामा ल्याउनका लागि कोपोमिस र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको बताउनुभयाे । तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ वटा जिल्लाका जिल्ला सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको र तालिमबाट कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जानकारी लिई आफ्ना मातहतमा रहेका सहकारीहरुलाई समेत उक्त तालिम प्रदान गर्ने उद्देश्य लिइएको पाण्डेले बताउनुभएकाे थियाे । सहकारीमा मनोमानी गर्ने र नाममात्रैको सहकारीहरुलाई हेर्ने दृष्टीकोणमा फरक बनाइ त्यस्ता ब्यवस्थालाई निर्मुल पार्नु आजको आवश्यक्ता रहेको वताउँदै सम्पूर्ण सहकारी संघमा कार्यरत कर्मचारीहरुले त्यसप्रति ध्यान दिन जरुरी रहेको उहाँको भनाइ रहेको थियो ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...