fbpx

सामुदायिक सेवा केन्द्र बगरद्धार विद्यार्थीलाई लैंगिक हिंसा विरुद्ध प्रशिक्षण

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रले पोखरा महानगर पालिका वडा नं. १९ लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी मा.विका कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की महिला, बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक सरला ढकालले प्रशिक्षण कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । उहाँले महिला, बालबालिका माथि हुने लैंगिक हिंसा जवरजस्ती करणी, बालविबाह, बहुविबाह, जातिय छुवाछुत तथा घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी दिनुभएको थियो ।

उहाँले हिसांको विरुद्ध खुलेर आवाज उठाउनु पर्ने बताउनुभयो । ‘आफ्नो घर वर पर समाज तथा सार्वजनिक स्थानहरुमा कुनै किसिमका हिंसा भए भने नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यलय कास्कीका खवर गनुहोस्’ उहाँले भन्नुभयो, ‘हिसांका विरुद्धमा खवरदारी गर्न सकिएन भने झन हिंसा वढ्दै जान्छ, तर्सथ कुनै हिसांका विरुद्ध आवज उठाउने काम गरौ ।’

कार्यक्रममा बोल्दै इनद्रराज्य लक्ष्मी मावि सहायक प्रध्यानाध्यापक बल बहादुर श्रेष्ठले लैंगिक हिंसा विरुद्धको कार्यक्रम विद्यार्थीहरुको लागि अतिनै महत्वपूर्ण रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा इनद्र राज्य लक्ष्मी माविका १ सय ५ जना छात्र छात्रालाई प्रशिक्षण दिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक चित्रबहादुर थापाले जानकारी दिनुभयो । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत यस केन्द्रले हरेक दिन सचेतना मूलक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक प्रहरी सेवा वगरका इन्चार्ज प्रहरी हवल्दार गौतम कुमार हायूले जानकारी दिनुभयो।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण बहादुर तामाङले गर्नुभएको थियो ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन