अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं। साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म 'ईश्वर'को ट्रेलर सार्वजनिक भएको छ । राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक संजाल युट्युबमार्फत सार्वजनिक गरेको हो ।

राजु गिरीले निर्देशन गरेको फिल्मको ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई हरिबहादुर थापाले निर्माण गरेका हुन् । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । अभिनेत्री अनु शाहले ५ वर्षपछि यसै फिल्मबाट अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो ।

फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । रामेश्वर हुँमागाईको छायांकन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । 

https://www.youtube.com/watch?v=utS4-tBFdM0

https://www.youtube.com/watch?v=utS4-tBFdM0


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन