fbpx

गण्डकी प्रदेशका ११ वटै जिल्लाहरुमा विविध कार्यक्रमहरु सहित ट्राफिक सप्ताह २०८० संचालन

author

समाचारपाटी

१ year अगाडि

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेशका ११ वटै जिल्लाहरुमा विविध कार्यक्रमहरु सहित ट्राफिक सप्ताह २०८० संचालन भईरहेको छ ।

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय,पोखरा महानगरपालिका, गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा सञ्चालन भईरहेको ट्राफिक सप्ताह कार्यक्रमको यहि बैशाख २५ गते उद्घाटन गरीएको थियो ।

उद्घाटन कार्यक्रमका अवसरमा प्रदेशका सबै; जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको थियो । नशामा सवारी दुर्घटनाको तयारी, तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले-कार्डहरु प्रदर्शन गरीएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका
प्रतिनिधिहरु को सहभागीता रहेको थियो ।

गण्डकी प्रदेशमा यो सप्ताह वैशाख ३१ गते सम्म विविध कार्यक्रमहरुका साथ सञ्चालन हुनेछ । जसमध्ये भोलि २९ गते सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ३० गते सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र कार्यक्रमको अन्तिम दिन ३१ गते सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका
विषयमा अन्तरक्रिया गर्ने र साझ दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिनेछ।

ट्राफिक सप्ताहमा संचालन भएका र हुन बाँकी कार्यक्रमहरुः-
पहिलो दिन २५ गते प्रभात फेरी कार्यक्रम समन्वय गर्नु पर्ने सम्पूर्ण निकायबाट प्रतिनिधित्व हुने गरी गण्डकी प्रदेशका ११
वटै जिल्लाका सदरमुकाम, व्यस्त स्थान, बढी सवारी दुर्घटना हुने स्थानहरुलाई लक्षित गरी विभिन्न प्लेकार्ड, व्यानर, सांस्कृतिक झाँकी सहित प्रभात फेरी र्‍याली निकाली शहर परिक्रमा गरीएको थियाे।

दिवा सत्रको कार्यक्रम ११ वटै जिल्लामा रहेका ट्राफिक प्रहरी पोष्ट समेतबाट लघु सचेतना कार्यक्रम संचालन गरी ट्राफिक जनचेतनामुलक पर्चा पम्प्लेट बितरण गरीएको थियाे।

दोश्रो दिन २६ गते अव्यवस्थित पार्किङ हटाउने, जेव्राक्रस नभएको स्थानमा बाटो काट्न सिकाईएको थियाे। तेश्रो दिन २७ गते ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने, सिट क्षमता भन्दा बढी यात्रु अनुगमन, बढि भाडादर अनुगमन, साईकलमा टल्किने स्टिकर जाँच गरीने,आरक्षण सिट कार्यान्वयन अनुगमन गरीएकाे थियाे ।

चौथो दिन २८ गते चालक परिचालक प्रशिक्षण कार्यक्रम संचालन गर्ने, सवारी नियम अनुगमन गर्ने कार्यक्रम रहेकाे छ।
पाँचौ दिन २९ गते सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, छैटौ दिन ३० गते सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, बिद्यालयका सवारी अनुगमन गर्ने कार्यक्रम रहेकाे छ ।
सातौ दिन ३१ गते संचारकर्मीसंग अन्तरकृया कार्यक्रम, पर्चा पम्प्लेट वितरण गरी सांझ दिप प्रज्वलन गर्ने कार्यक्रम रहेकाे छ ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन