कम्बोडियाको साँस्कृतिक प्रान्त सिम रीपमा परम्परागत माछा मार्ने उत्सव शुरु भएको छ । एउटा ठूलो तालमा हिलो पानीमा घुम्दै उनीहरुले माछा मार्ने गर्दछन् । उत्सवमा माछा मार्ने परम्परागत उपकरणहरू प्रयोग गरिएको थियो । ताडको पातको टोपी र परम्परागत स्कार्फ लगाएर चर्को घामबाट आफूलाई जोगाउन, गाउँलेहरूले राजधानी नोम पेन्हबाट करिव ३०० किलोमिटर टाढा रहेको प्रसात बाकोङ जिल्लाको बाङ्कोआङ गाउँको संरक्षित तालमा ताजा पानीको सर्पहेड माछा, क्याटफिस र क्लाइम्बिङ पर्च माछा पालन गरेका छन् । दक्षिणपूर्वी एशियाली देशका जनताका लागि माछा प्रोटिनको प्रमुख स्रोत हो । कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार कम्बोडियालीहरूले प्रतिव्यक्ति औसत ५२.४ किलोग्राम माछा खान्छन् ।
सिन्ह्वा