हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-१ को बोहरावाडामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन्।चंखेली गाउँपालिका-३ को लोतीबाट नुन बोकेर वडा नम्बरतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परि चंखेली गाउँपालिका-१ का ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको हो।
लु ४ त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चंखेली गाउँपालिका- १ का अन्दाजी ४० का मानबहादुर बोहरा सोही वडाकै ४५ वर्षीया धना बोहरा,१० वर्षीया चरी बोहरा घाइते भएका छन्।
घाइतेहरूको चंखेली गाउँपालिकाले खर्च बेहोर्न गरि उद्वारका लागि गृह मन्त्रालयमा पत्रचार गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयाे । हेलिकप्टरबाट उद्धारका लागि पहलकदमी भइरहेको प्रजिअ पाण्डेले बताउनुभयाे।