fbpx

खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु

author

समाचारपाटी

१ हप्ता अगाडि

खेलकुदलाई पर्यटन प्रवद्र्धन र अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले खेल क्षेत्रलाई पर्यटन प्रवद्र्धनसँग जोडेर अर्थतन्त्र उन्नयनका लागि जोड दिनुपर्ने सांसहरुले बताएका हुन् । उनीहरुले नेपाल खेलकुद क्षेत्रको हब बन्नसक्ने भएकाले सरकारले सोहीअनुसारका योजना र बजेट छुट्याउनुपर्ने आवश्यकता औंल्याए । समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालयले तदारुकता देखाउनुपर्ने बताउनु भयो । उहाँले समस्या छन् भनेर बस्ने भन्दा पनि बजेट सुनिश्चिततासहितका समस्याहरु समधान गर्न पहल गर्नुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको खेलाडी जन्माए पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन नसक्नु दुःखको विषय भएको बताउनु भयो । 

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नेपालमा खेलकुदका लागि विश्वमै चर्चित हुनुपर्ने ठाउँ र आधारहरु रहेको उल्लेख गर्नुभयो । उहाँले खेल क्षेत्रको भौतिक पूर्वाधारका लागि राज्य लाग्न नसकेको बताउनु भयो । उहाँले खेल क्षेत्रलाई उत्साहित बनाउनुपर्ने योजना सरकारले प्रभावशाली रुपमा ल्याउन नसकेको गुनासो गर्नुभयो । 

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले संसारमा सबैभन्दा लोकप्रिय खेल फुटबल र क्रिकेट रहेको र नेपालमा पनि सोहीअनुसार लोकप्रियता कमाएपनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुनु दुःखको विषय भएको बताउनु भयो । उहाँले दर्शकहरु दिनप्रतिदिन बढिरहने र पूर्वाधारको अभाव हुने कारणले खेलकुदबाट आर्थिकोपार्जनमा समस्या भएको बताउनु भयो । क्रिकेटप्रतिको आकर्षणलाई सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने बताउनु भयो । 

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले समग्र देशको अर्थतन्त्रको स्थिति नै अहिले विकास निर्माणको लागि बाधक बनिरहेको बताउनु भयो । उहाँले सार्वजनिक श्रण दायित्व २५ खर्ब १८ अर्ब हाराहारीमा रहेको उल्लेख गर्दै राजश्वले कर्मचारीलाई नियमित प्रशासनिक खर्च समेत धान्न नसकिरहेको अवस्था रहेको बताउनु भयो । उहाँले नेपाल खेलकुदमा सम्भावनाको क्षेत्र भएको बताउनु भयो । पर्याप्त र प्रशस्त पूर्वाधार अभावले सम्भावनाहरु प्रोत्साहन गर्न नसकिएको बताउनु भयो । 

सांसद सार्कीले खेलका धेरै विषयहरुलाई सम्बोधन गर्नसकिने बताउनु भयो । खेलबाट आर्जन गर्नुका साथै खेलबाट पर्यटन ल्याउनेतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनु भयो । खेलकुदबाट राज्यलाई आर्थिक हिसावले सबल बनाउन सबैले पहल गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल
 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू