fbpx

राज्यको नीतिमा एकरुपता नहुँदा पलायन हुने अवस्था आयोः पर्यटन व्यवसायीहरु

author

समाचारपाटी

८ महिना अगाडि

पर्यटन व्यवसायीहरुले राज्यको नीति पर्यटनमैत्री नहुनु र नीतिमा एकरुपता नआउँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको गुनासो गरेका छन् । 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश पर्यटन व्यवसायीहरुले सरकारले पर्यटन व्यवसायीमैत्री ऐन, कानून र नीतिहरु बनाउन नसक्दा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको गुनासो गरेका हुन । उनीहरुले बजेटमार्फत सरकारले ल्याउने करको कारण पनि व्यवसायीहरु मारमा परेको बताए । व्यवसायीहरुले सरकारले गत वर्षको बजेटमा हवाई भाडा १३ प्रतिशत भ्याट र  होटलहरुमा ५ प्रतिशत लक्जरी कर लगाएको कारण पर्यटन उद्योग नै धरासायी अवस्थामा पुगेको दाबी गरे । उनीहरुले सरकारले पर्यटन क्षेत्रको विकास र बिस्तार गरी आर्थिक समृद्धि हासिल गर्नको लागि पर्यटनमैत्री ऐन, कानून बनाएर प्रोत्साहन गर्न सक्नुपर्ने बताए । सरकारले मुलुकमा पर्यटन प्रवद्र्धन गर्नको लागि हवाई क्षेत्र र होटल मात्रै नभइ ¥याफटिङ,टे«किङ लगायत अन्य विषयलाई पनि प्राथमिकतामा राख्न जरुरी रहेको व्यवसायीहरुको धारणा थियो । उनीहरुले नेपालको पर्यटन यात्रा महँगो भएकाले हवाई भाडा तथा होटल रोयल्टीमा व्यवस्था गरेको करलाई परिमार्जन गरी सहजता प्रदान गर्न आवश्यक रहेको बताए । सरकारले विदेशी ब्राण्डमा ठूलो होटलहरुको लगानी सहज रुपमा आउनसक्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । व्यवसायीहरुले पर्यटन प्रवद्र्धन र पर्यटन उद्योगका समस्या समाधान गर्नको लागि सरकारले ट्रान्सफोर्स बनाउनुपर्ने सुझाव दिए  । उनीहरुले नेपालमा टे«किङको लागि धेरै पर्यटन आउने तर पछिल्लो समय पुराना टे«किङ मार्गहरु सडक निर्माणको नाममा मासिदै गएकाले संरक्षण गर्न माग गरे । व्यवसायीहरुले ¥याफटिङ संरक्षणको लागि पनि सरकारले निश्चित मापदण्ड बनाएर खोला नदीहरु खुला छोड्ने नीति अपनाउन आवश्यक रहेको बताए । बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन समिति सभापति देशवन्धु बस्नेतले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी  नहुने गरी पठाउन पाउने प्रावधानले नेपालमा अन्तर्राष्ट्रिय होटलहरुको लगानी आउने अवस्था नभएको बताउनु भयो । उहाँले नेपालमा अहिले भइरहेको अन्तर्राष्ट्रिय ब्राण्डहरु नेपालमा नआउने र सम्झौता भएका होटलहरुको पनि लगानी होल्ड भएको अवस्था रहेको जानकारी दिनुभयो । उहाँले हवाई भाडामा १३ प्रतिशत भ्याटको व्यवस्थाले हवाई टिकट व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको पनि बताउनु भयो । उहाँले नेपालको पर्यटन यात्रा महँगो भएकाले नेपाललाई प्रिमियम पर्यटनमा जाने नीति बनाउन सक्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले पर्यटन क्षेत्रमा पछिल्लो समय लागू गरिएका कर व्यवस्थालाई परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन ट्रान्सफोर्स बनाउन आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी  नहुने गरी पठाउन पाउने प्रावधानले नेपालमा अन्तर्राष्ट्रिय होटलहरुको लगानी आउने अवस्था छैन । नेपालमा अन्तर्राष्ट्रिय स्तरका होटलमा लगानी १० प्रतिशतसम्म देखिएको छ । नेपालमा अहिले भइरहेको अन्तर्राष्ट्रिय ब्राण्डहरु नेपालमा नआउने र सम्झौता भएका होटलहरुको पनि लगानी होल्ड भएको छ । हवाई भाडामा १३ प्रतिशत भ्याटको व्यवस्थाले हवाई टिकट व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपालमा हवाई टिकट काट्दा १३ प्रतिशत भ्याट लाग्ने भएकाले अहिले नेपालबाट भन्दा अन्य देशहरुबाट नै हवाई टिकट काट्ने अवस्था भएको छ । त्यसले जुन देशमा टिकट काट्यो त्यो देशमा योगदान हुने र नेपाललाई हानी हुने अवस्था देखिन्छ । नेपाललाई प्रिमियम पर्यटनमा जान्छौँ भन्ने नीति बनाउनुपर्छ । नत्र अहिलेका कर व्यवस्थालाई परिमार्जन गर्न आवश्यक छ । नयाँ विमान किन्दा १३ प्रतिशत भ्याट थपले नयाँ विमान नथप्ने अवस्था आएको छ । भारतीय पर्यटकले २५ हजार मात्रै ल्याउन पाउने व्यवस्था परिमार्जन गर्नुपर्छ । सरकारले पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन ट्रान्सफोर्स बनाउन आवश्यक छ । यसले आगामी दिनमा पर्यटन प्रवद्र्धन र पर्यटन क्षेत्रका समस्या समाधान गर्छ ।’

बैठकमा बोल्दै म्यारिड होटलका सञ्चालक समेत रहेका होटल व्यवसायी शशिकान्त अग्रवालले होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिनु माग गर्नुभयो । उहाँले राज्यले होटल क्षेत्रलाई उपेक्षा गरेर अहिलेसम्म उद्योग सरहको मान्यता नदिएको आरोप लगाउनु भयो । उहाँले विद्युत शुल्कमा अन्य उद्योगले ८ रुपैयाँमा दिने तर होटलहरुले १५ रुपैयाँ तिर्नुपरेको गुनासो गर्नुभयो । उहाँले  उत्पादन उद्योगलाई ८ रुपैयाँ हुँदा पर्यटन उद्योगलाई ५ रुपैयाँमा विद्युत दिन सक्नु पर्ने बताउनु भयो । उहाँले नेपालको पर्यटन प्रवद्र्धनको लागि प्रचारप्रसार थोरै भएको भन्दै प्रचारप्रसार बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको पर्यटन पवद्र्धन गर्ने पर्यटन बोर्ड निष्क्रिय रहेको भन्दै बोर्डलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको पर्यटन गन्तव्य महँगो भएको भन्दै सहज बनाउने विषयमा राज्यले गम्भिर रुपमा सोच्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘सरकारले होटल क्षेत्रले उद्योग सरहको मान्यता दिइएको छैन । राज्यले होटल क्षेत्रलाई उपेक्षा गरेको छ । विद्युतमा अन्य उद्योगले ८ रुपैयाँमा आउने गरेको छन् भने होटलहरुले १५ रुपैयाँ तिर्नुपरेको छ । उत्पादन उद्योगलाई ८ रुपैयाँ हुँदा पर्यटन उद्योगलाई ५ रुपैयाँ गर्नुपर्ने हो । तर त्यस्तो छैन । १४ रुपैयाँसम्म छ । नेपालको पर्यटन प्रवद्र्धनको लागि प्रचारप्रसार थोरै छ । पर्यटन बोर्ड निष्कृय छ । पर्यटन प्रवद्र्धनको लागि छुट्याएको बजेट त्यसमा खर्च भएको देखिँदैन । नेपालको पर्यटन गन्तव्य महँगो भएको छ ।’

होटल संघ नेपालका उपाध्यक्ष प्रविणबहादुर पाण्डेले काठमाडौंमा एयर बीण्डबीको एक हजार भन्दा बढी सञ्चालनमा रहेको बताउनु भयो । उहाँले यी सबै कानून विपरित रहेको बताउनु भयो । उहाँले पैसा पनि बाहिर मुलुकमा नै जाने बताउनु भयो । पाण्डेले ठमेल,सौराहा लगायतका होटलहरुमा विदेशीले लगानी गरेर विदेशी पोटल राखेर विदेशी पर्यटक,लगानी विदेशी हुने पैसा पनि विदेशमा नै जाने गरेको खुलसा गर्नुभयो । उहाँले राज्यले ठूलो लगानी रहेको होटललाई उद्योगको मान्यता नदिएको गुनासो गर्नुभयो । उहाँले होटल लगायत सबै पर्यटन क्षेत्रलाई समावेश गर्नेगरी एकीकृत कानून बनाउन माग गर्नुभयो । 

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले गत वर्षको तुलनामा ३० प्रतिशत पर्यटन कम भएको बताउनु भयो । उहाँले सीमा क्षेत्रबाट सरकारको नीतिको कारण हवाई उडानमार्फत आउने पर्यटनले टिकट फिर्ता गर्ने क्रम बढेको बताउनु भयो । उहाँले नेपालमा आउने ६० प्रतिशत पर्यटन हिमाल क्षेत्रमा ट्राभल गर्ने भएपनि अहिले हिमाल क्षेत्रमा यात्रा गराउने ९ वटा मात्रै जहाज रहेको बताउनु भयो । उहाँले हिमाली क्षेत्रमा उडान गर्ने हवाई क्षेत्र यही गतिमा जाने हो भने अबको दुई वर्षमा धरासायी बन्ने अवस्था रहेको बताउनु भयो । 

नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले अनावश्यक रुपमा खोला, नदीहरुमा हाइड्रो बनाउने अनुमति सरकारले दिँदा ¥याफ्टिङ क्षेत्र धरासायी भएको बताउनु भयो । उहाँले सरकारले ¥याफ्टिङको लागि त्रिशुली वा बुढीगण्डकी छोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले जलविद्युत उत्पादन गर्नु राम्रो भएपनि ¥याफ्टिङको संरक्षण गर्नको लागि केही नदीलाई खुला छोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटन व्यवसायीहरुले खोला किनारमा ठूलो लगानी गरेकाले ¥याफ्टिङको लागि स्पष्ट नीति हुन आवश्यक रहेको बताउनु भयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोलले ट्रेकिङमा जाने पर्यटकहरु बिरामी भएको बेला उद्धार गर्ने सहज बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय सरकार भएसँग मुलुकभरका पदमार्गहरुमा डोजर चलिरहेको बताउनु भयो । उहाँले स्थानीय सरकारले पदमार्गहरुमा जथाभावी डोजर चलाएकाले पदमार्गहरु बिस्थापित हुँदै गएको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले नेपालमा भएका पदमार्गहरुलाई राष्ट्रियकरण गरेर कति पदमार्गको पहिचान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विदेशबाट आएको रकमलाई १३ प्रतिशत भ्याट व्यवसायीहरुले तिर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक