fbpx

‘कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको छु’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाउनुभएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

मन्त्री किराँतीले मिस लम्बू २०७९ को उद्घाट गर्दै शनिवार काठमाडौं यस्तो बताउनुभएको हो । पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिनुभयो । उहाँले शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई कोही प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताउनु भयो । मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किराँतीले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘भर्खरैमात्रै पहिचानको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने पदम लिम्बूप्रति श्रद्धाञ्जली अर्पर्ण गर्दछु । हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु मन्त्रीपरिषद्को बैठकमा । हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा । जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ । किराँतीहरुको चेलीहरु राम्री मात्रै हुँदैनन्, बहादुर पनि हुन्छन् ।’

मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गर्नुभयो । उहाँले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताउनु भयो । उहाँले अबको विकास प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताउनु भयो । यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताउनु भयो ।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने