संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु चाँडै सञ्चालनमा आउने बताउनुभएको छ ।
शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै उहाँले बताउनुभएको हो । उहाँले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण रुपमा प्रयास गरिरहेको बताउनु भयो । उहाँले पोखरामा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउनासाथ विमानस्थल सञ्चालनमा आउने देखिएकाले लगानीको वातावरण बनाउने प्रयासमा सरकार रहेको बताउनु भयो । उहाँले सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मन्त्रीपरिषद्बाट उडान कम्पनीहरुलाई सहुलियतको घोषणा गरेको बताउनु भयो । उहाँले उक्त सहुलियत कार्यान्वयनमा रहेको भन्दै केही ढिलाई भएको विषयमा सरकार सचेत रहेको बताउनु भयो । उहाँलेसरकारले बनाएको कार्ययोजनाअनुसार कुन मन्त्रालयले कति काम ग¥यो ? भनेर प्रधानमन्त्रीको तहमा मूल्याङ्क गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले भारतका विभिन्न प्रान्तहरुमा पोखराबाट उडानको लागि प्रयासहरु जारी रहेको पनि जानकारी दिनुभयो । उहाँले चिनियाँ पक्षसँग पनि बारम्बार छलफल भइरहेको भन्दै चाँडै हिमालय एयरलाइन्सलाई चीनको लाशामा उडानको लागि अनुमति दिने तयारी रहेको बताउनु भयो । उहाँले सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न आग्रह गरिएको बताउनु भयो। उहाँले अन्य ठाउँको उडान कटौती गरेर नेपाल एयरलाइन्सले कुनै एउटा देशको उडान गर्न आग्रह गरेको र बुद्ध एयरलाइन्सले पनि आफैँ गर्ने प्रयास गरिरहेको बताउनु भयो । उहाँले विमानस्थल चलेन भनेर धेरै निराश हुने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारले दुवै विमानस्थल चलाएर छोड्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो,‘ सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सम्पूर्ण रुपमा लागि रहेको छ । मन्त्रीपरिषद्बाट उडान कम्पनीहरुलाई सहुलियत समेत घोषणा गरेका छौं । कार्यान्वयनमा छ । केही ढिला भएको छ । सरकारले बनाएको कार्ययोजनाअनुसार कुन मन्त्रालयले कति काम गर्यो भनेर प्रधानमन्त्रीको तहमा मूल्याङ्कन गर्ने तयारीमा छौं । भारतका विभिन्न प्रान्तहरुमा पोखराबाट उडानको लागि प्रयासहरु जारी छन् । चिनियाँ राजदुतसँग पनि बारम्बार छलफल भइरहेको छ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न कुरा भएको छ । हिमालय एयरलाइन्सले पोखरादेखि चीनको लाशासम्मको उडानको लागि तयारी गरिरहेको छ । केही महिनाभित्रै आवश्यक स्वीकृती चाँडै हुन्छ । अन्य ठाउँको उडान कटौती गरेर नेपाल एयरलाइन्सले कुनै एउटा देशको उडान गर्न आग्रह गरेका छौं । बुद्ध एयरलाइन्सले पनि आफै गर्ने प्रयास गरिरहेको छ । त्यसैले धेरै निराशा हुने अवस्था छैन । त्यसले नकारात्मक मार्केटिङ भइरहेको छ । चल्दैन भन्नुहुँदैन । चल्छ । विमानस्थल सञ्चालनका अवरोधहरु समाधान गर्दै जाऔं । उडानहरु दुवै विमानस्थलमा शुरु भएको छ । त्यसलाई थप बिस्तार गर्न निजी क्षेत्र र सरकार दुवै मिलेर अगाडि बढ्नुपर्छ । निजी क्षेत्रलाई लगानीको वातावरण सरकारले बनाउन साथ दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन हुन्छन् । विमानस्थलको माध्यमबाट पोखराको पर्यटन माथि उठ्छ । गण्डकीको पर्यटनको केन्द्रबिन्दु हो ।’
उहाँले गण्डकीको पर्यटन माथि उठ्दा मात्रै सिंगो नेपाललाई पर्यटनबाट लाभ लिने वातावरण बनाउने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल
नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेपोखरा अन्तर्राष्ट्रिय विमानस्थल