प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउन आफू आईसीयूमै भेट्न गएको तोसिमा कार्कीकाे स्पष्टीकरण

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको स्पष्टीकरण दिनुभएकाे छ ।

शुक्रबार बिहान फेसबुक सन्देशमार्फत सार्वजनिक गरिएको स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क उहाँले गर्नुभएकाे छ ।

मृत्युसँग संघर्ष गरिरहनुभएका बिरामीलाई आईसीयू प्रोटोकलविपरीत भेटेको भन्दै उहाँको आलोचना भइरहेको छ ।

डा. कार्कीले ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयमै गएर भेटेको भन्दै सन्तोष व्यक्त गर्नुभएकाे छ । ‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेकाे यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उहाँका आँखाहरू सधैंका लागि बन्द हुनु अगावै, उहाँका बोलि सधैंको लागि रोकिनु अगावै, म उहाँलाई भेट्न पुगेको थिएँ । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु ‘,’ उहाँले लेख्नुभएकाे छ ।

आईसीयू प्रवेश गर्नुअघि आफूले सबै प्रोटोकल पूरा गरेको उहाँको दाबी छ । ‘म आफू नै जनरल सर्जन हुँ जो विगतमा बर्न सम्बन्धीकै बिरामीहरू पनि हेर्ने गरेको छु,’ उहाँले लेख्नुभएकाे छ, ‘८० प्रतिशतभन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्यून भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केही थिएन, मेरो हातमा केही थिएन, मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श, आत्मियता र अन्तिम घडीमै भए पनि थोरै आत्मबल ।’

आफूले भेटेकै कारण प्रेच आचार्यको आत्माले नयाँ सरकारलाई सधैं सम्झिरहने राज्यमन्त्री कार्कीको दाबी छ । ‘तर यति कुरा पक्का छ, प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैं सम्झिरहनेछ,’ उहाँले लेख्नुभएकाे छ, ‘किनकि ऊ अस्ताउनुअघि नयाँ बनेको सरकारको प्रतिनिधि आफैंले भेटेर ‘हामी छौं नि’ भन्दै गर्दा ती व्यक्तिले ‘म बाँच्न चाहन्छु’ भन्नुभयाे ।उहाँले मृत्यु भइसकेका व्यक्तिमाथि राजनीति नगर्न आग्रह पनि गर्नुभएकाे छ ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन