संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउन शिर्ष नेताहरु छलफलमा

author

समाचारपाटी

१ year अगाडि

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरुले छलफल गरेका छन् । 

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा विचाराधिन रहेको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरुका बीचमा छलफल भएको हो । आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीका बीचमा छलफल भएको हो । छलफलमा सहभागि नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखककाअनुसार शिर्ष नेताहरुका बीचमा सो विधेयकलाई चाँडो भन्दा चाँडो पारित गर्ने सन्दर्भमा छलफल भएको हो । उहाँले शिर्ष नेताहरुका बीचमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो भन्दा चाँडो टुंग्याएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी छलफल अगाडी बढेको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्यायसम्बन्धी विषयमा प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहितको बैठक भएको हो बालुवाटारमा । मुलतः अहिले प्रतिनिधि सभाको समितिमा विचाराधिन रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धि विधेयकमा नै केन्द्रित भएर छलफल भएको छ । त्यो विधेयकलाई चाँडो भन्दा चाँडो पारित गर्ने । त्यसमा केही थप छलफल गर्नुपर्ने ३÷४ वटा जुन विषयहरु देखिएका छन्, त्यो विषयहरुमा पनि थोरै छलफल गर्ने । अब त्यसलाई चाँडो भन्दा चाँडो टुंग्याएर शान्ति प्रक्रियाको बाँकी रहेको यो कामलाई चाँडै निष्कर्षमा पुर्याउनु पर्छ भन्ने भावका साथ र त्यही बुझाइका साथ बैठक भएको छ । भोलि फेरि ४ः३० मा बस्ने गरेर आज हामी उठेका छौँ । समग्रतामा अहिलेसम्म समितिमा, उपसमितिमा भएका कुराहरु । समिति, उपसमितिभन्दा बाहिर दलहरुका बिचमा भएका कुराहरु ति सबै कुराहरुका बारेमा मैले तिनैजना आदरणिय नेताहरुलाई ब्रिफिङ गरेँ । के–के कुरा भएको छ भन्नेकुराको जानकारी दिइयो नेताहरुलाई । जानकारी उहाँहरुले लिइसकेपछि यसलाई चाँडै टुंग्याउनुपर्छ भन्ने निष्कर्षमा नेताहरु पुग्नुभएको छ । त्यसको लागि थप केही छलफल अरु गर्ने भन्नेकुरा भएको छ ।’

तीन शिर्ष नेताबीच भोलि (सोमवार) दिउँसो साढे चार बजे पुनः बालुवाटारमा बैठक बस्ने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । 


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन