काठमाडौं । आज बिहीवार देशका एकदुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । पहाडी र तराईका एक दुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको मौमसविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यो प्रभावका कारण अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ । तर काठमाडौंमा भने पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।
‘काठमाडौंमा पानी पार्ने प्रणाली कमजोर देखिएको छ’, मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, ‘तर प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले एकै छिनमा बादल विकसित भई पानी पर्ने भएकाले बेलुकी पख हल्का वर्षा पनि हुन सक्छ ।’