काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागका आंशिकदेखि सामान्य बदली रहनेछ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।