काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भू–भागका केही स्थानहरु तथा बाँकी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।