काठमाडौं । आज उँभौली पर्व मनाइँदैछ ।
देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज उँभौली पर्व मनाउन लागिएको हो ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाउने गर्दछन् ।
बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भन्ने हेतुले प्रकृतिको पूजा आराधना गरिने परम्परा छ ।
गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।