fbpx

पोखरा आज देशकै प्रदूषित सहर बन्यो

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । त्यस्तै चितवनको भरतपुर दोस्रो नम्बरमा छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार भरतकपुरको १७० एक्यूआई छ ।

भैंसेपाटी १५४ एक्यूआईसहति तेस्रो स्थानमा हुँदा रत्नपार्क क्षेत्रको वायु प्रदूषण १५१ एक्यूआई छ । वातावरण विभागका अनुसार खुमल्टार, शंखपार्क, भक्तपुर र धुलिखेल क्षेत्र पनि आज सर्वाधिक प्रदूषित सहरमा छन् ।

हिजो २०८ भन्दा बढी एक्यूआईसहित शंखपार्क देशकै प्रदूषित स्थान बनेको थियो ।

वातावरण विभागका अनुसार ०(५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१(१०० मध्यम, १०१(१५० हुँदा अस्वस्थ, १५१(२०० अस्वस्थ, २०१(३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

विश्वभरको वायु प्रदूषण निगरानी गर्दै आइरहेको आईक्यू एअरका अनुसार काठमाडौं पनि विश्वकै सातौं प्रदूषित सहर बनेको छ । विश्वभरको तुलनामा १६१ एक्यूआईसहित काठमाडौं सातौं प्रदूषित सहर बनेको हो ।

आईक्यू एअरका अनुसार भियतनामको हानोई २१३ अंकसहित प्रदूषित सहरको पहिलो नम्बरमा छ । छिमेकी राष्ट्र चीनको वुहान १६३ अंकसहित छैठौं स्थानमा रहँदा भारतको दिल्ली १६० अंकसहित आठौं स्थानमा छ ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन