fbpx

स्याङ्जा आँधीखोला कृषि-ओहियामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

author

समाचारपाटी

३ हप्ता अगाडि

स्याङ्जा । स्याङ्जा आँधीखोला गाउँपालिका-५ कृषि स्थित कृषि-ओहिया सडकखण्डमा टिपर दुर्घटना भएकाे छ । शुक्रबार राति ११ बजे टिपर दुर्घटना भएको हुदाँ एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ४ घाइते भएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिकाका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो, भने अन्य ४ जना उपचाररत रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयाे।

सल्यान सारदा नगरपालिकाका १५ वर्षीय हरि परियार, स्याङ्जा आँधीखोलाका ३३ वर्षीय कमल नेपाल, चितवन राप्ती नगरपालिकाका ४१ वर्षीय प्रकाश विक र ४१ वर्षीया सुमित्रा विकको भने सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

भित्री कच्ची सडकमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो। सो टिपर सडक देखि अन्दाजी ५० मिटर तल खसेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन