fbpx

जनकपुरधाममा विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

author

समाचारपाटी

१0 महिना अगाडि

जनकपुरधाम । विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्ष दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित बेहुला अर्थात बरको घरमा पुगेर दिन्छन् । त्यसलाई भार (कोसेली) भन्छन् । भार पुर्याएपछि बेहुला र बेहुली पक्षबीच टिकाटालो हुन्छ ।

मैथिली परम्पराको यही विधि पूरा गर्न जानकी मन्दिरबाट साधुसन्तहरु बाजागाजासहित कोसेली लिएर जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् । त्यसको नेतृत्व सीताको बुवा अर्थात् राजा जनकको भूमिका जानकी मन्दिरका महन्तले पूरा गर्दछन् । रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ ।

प्रत्येक वर्षक कम्तिमा १०१ भार (कोसेली) राम मन्दिरमा लैजाने गरेकोमा यस वर्ष करिब ४ सय भार लगिने जानकी मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिनुभयाे ।

राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरी–थरी लोक गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुसन्तलाई स्वागत गर्ने चलन छ । यसरी सम्धी मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।

भोलि पाँचौ दिन शनिबार मटकोर तथा आइतबार सीता–रामको विवाह र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको थियो । धनुष यज्ञ अवलोकन गर्न बिहीबार बेलुकी जानकी मन्दिरमा सयौंको संख्यामा साधुसन्त तथा दर्शनार्थी भेला भएका थिए ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन