टाइगर कप भलिबल प्रतियोगिताको ‘टेक्निकल मिटिङ’ सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को ‘टेक्निकल मिटिङ’ आइतबार साँझ सम्पन्न भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ गते बाट सुरु भएकाे उक्त प्रतियोगिताको पूर्व सन्ध्यामा टेक्निकल मिटिङ सम्पन्न भएको हो । सहभागित टिमका टिम म्यानेजर, प्रशिक्षक र अफिसियलहरुका विच भएको उक्त टेक्निकल मिटिङमा संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले सबै टिमलाई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आग्रह गर्नुभएकाे छ ।

अध्यक्ष शर्माले भन्नुभयाे–“विगतका सस्करणहरुबाट पाठ सिक्दै हामी यहाँ सम्म आइपुगेका छौं । सबै टिम तथा खेलाडीहरुले अनुशासित र मर्यादित भएर आफ्नो खेल प्रदर्शनका लागि आग्रह गर्दछु ।” प्रतियोगिता सफल हुने कुरा खेलाडी र टिममा नै निर्भर रहेको जनाउँदै पोखरा बसाईको क्रममा खेलाडीलाई कुनै समस्या भएमा सहजीकरण र सहयोग गर्न आफू तयार रहेको जनाउनुभयाे । प्रतियोगितालाई आफ्नो समेत प्रतियोगिता रहेको मनन गरी अघि बढेमा पाँचौ सस्करण अझै भव्य बनाउने गरी आफूहरुले योजना बनाउने अध्यक्ष शर्मा भनाई थियो ।

यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङले प्रतियोगितालाई सफल बनाउन सबै टिमहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको जनाउँदै त्यस अनुसार अघि बढ्न आग्रह गर्नुभएकाे थियाे ।

सो अवसरमा संस्थाका सचिव डिवी नेपाली, प्रतियोगिताका रेफ्रि संयोजक एवं रेफ्रि डेलिगेट टहलसिंह थापा मगरले समेत प्रतियोगिताका विभिन्न पक्ष बारे टिमका प्रतिनिधीहरुलाई जानकारी गराउँदै सबैको साथ र सहयोगले नै प्रतियोगिता भब्य रुपमा सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गर्नुभएकाे थियाे । यसै गरी हरेक खेल पश्चात पोष्ट म्याच कन्फ्रेन्स हुने प्रतियोगिता प्रचार प्रचार संयोजक इन्द्र पौडेलले जनाउनुभएकाे थियाे ।

नेपाल भलिबल संघको स्विकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणाको महिला टिम पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश भलिबल संघ संगै तिन विभागिय टोली नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभुवन क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।

त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिम पहिलो पटक पोखरा आएको छ भने प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लबले समेत तीन जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ संगै तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन भोली माघ १ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् । उद्घाटन खेल उपाधि बिजेता गण्डकी प्रदेश भलिबल संघ र नेपाल आर्मीको त्रिभुबन क्लबका बिच हुनेछ । यद्यपी प्रतियोगिता भने विहान साढे ८ बजे सुरु हुने आयोजकले जनाएको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन