fbpx

टाइगर कप भलिबलः आज लिग चरणका ४ खेल हुने

author

समाचारपाटी

२ महिना अगाडि


पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज मंगलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन आज महिला र पुरुषतर्फ दुई दुई खेल हुने तालिका छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर्स क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल पौने ११ बजे सुरु हुने तालिका छ ।

आज हुने तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

हिजाे भएको खेलमा महिलातर्फ एपिएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेका थिए । भने टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको थियो । हेल्प नेपाल २–१ सेटले अघि हुँदा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।

महिलातर्फ एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन