fbpx

टाइगर कपका लागि हेल्प नेपालले अनुबन्ध गर्यो एक अमेरिकीसहित ३ विदेशी खेलाडी

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । शनिबारबाट सुरु हुने एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्टस् क्लबले एक अमेरिकनसहित ३ विदेशी खेलाडी भित्राएको छ । स्पोर्टस् क्लबले अमेरिकन प्लेयर जचारी तारो मायर र पाकिस्तानी खेलाडी मोहम्मद कसिफ नभिद र आइमल खानलाई
टोलीमा अनुबन्ध गरेको क्लबका महासचिब अरुण श्रेष्ठले जानकारी दिनुभयाे ।


टाइगर कप खेल्न तीन वटै खेलाडी नेपाल आइसकेको श्रेष्ठले बताउनुभयाे । नभिद र खान यसअघि पनि हेल्प नेपालबाट खेलिसकेका छन् भने मायर पहिलोपटक हेल्प नेपालबाट खेल्न नेपाल आउनुभएकाे हाे । टाइगर कपमा हेल्प नेपालको कप्तानी टोपबहादुर थापाले गर्नुहुनेछ । टोलीको उपकप्तानको रुपमा धिरज बस्नेत रहनुहुनेछ । यसबाहेक टोलीमा विष्णु बस्नेत, चिरञ्जीवी खड्का, सुरेन्द्रबहादुर बम,चित्रबहादुर केसी, मनिष मानन्धर, विष्णुबहादुर क्षेत्री र सुवाश कुँवर छन् । टोलीको प्रशिक्षकको रुपमा उत्सव खड्का रहनुहुनेछ । हेल्प नेपाल अघिल्लो संस्करणको विजेता टोली हो ।


माघ १९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान
गरिने आयोजकले जनाएको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.३८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन