वीरगन्ज । पर्सामा बाघको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ। पर्साको जिराभवानी गाउँपालिका- ५ शंकरसरैयाका ६० वर्षीय तुल्सी राउत थारुको मृत्यु भएको हो। शु्क्रबार साँझ घाँस काट्न गाउँ नजिकैको जंगलमा गएका थारु राति अबेर सम्मपनि घर नफर्किएपछि छिमेकीहरुले शनिबार बिहान जंगलमा गएर खोजी गर्दा सुगीभार नजिकै थारुको शव क्षतविक्षत अवस्थामा फेला परेको हो।
थारुको शव दाँया खुट्टा र बायाँ हात बाघले खाएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पटटेर्वा सुगाौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले जानकारी दिनुभयाे। थारुको शव पोष्टमार्टमका लागि शनिबार बिहान वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताउनुभयाे।