fbpx

हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

author

समाचारपाटी

३ हप्ता अगाडि

प्रकाशचन्द्र सापाकोटा, पोखरा । हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा कास्कीको पोखरा महनगर पालिका वडा नं. २५ मा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको हो ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 8; cct_value: 5700; AI_Scene: (-1, -1); aec_lux: 49.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 35;

कार्यक्रमा समुदायको भेलालेनै करिव १ सय दशमल ७४ हेक्टर क्षेत्रफल रहेको तिब्रेकोट सामुदायिक वनालाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरेको हो । उक्त अवरमा तिब्रेकोट सामुदायिक बनका उपभोक्त समूहका अध्यक्ष विशालजंग कुँवरले भेलाको निर्णण सुनाउदै लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गरेका हुन् ।

घोषण सँगै उक्त बनमा गुलेललीको प्रयोग गरि लाटोकोसेरो लगायतका कुनै पनि चराचुरुङ्गीलाई मार्न नपाईने साथै कुनै पनि हानि नोक्सानी नपुर्याउने निर्णय गरिएको छ । लाटोकोसेरो संरक्षण सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दा वन समूहको विधान र वन कार्ययोजनालाई असर नपर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने समूहका उपाध्यक्ष कृष्ण बहादुर कुँवरले जानकारी दिनुभयाे ।

यस वन क्षेत्रमा लाटोकोसेरो अध्ययन तथा संरक्षणमा पहल गर्ने, लाटोकोसेरो लगायत अन्य चराचुरुङ्गीको गुड÷वासस्थान बनाएका रुखहरुको संरक्षण पहल गर्ने, पुराना बुढा रुख संरक्षण गर्ने, लाटोकोसेरो संरक्षणका लागि आगामि वर्ष देखि केहि रकम विनोयजन गरी समन्वयमा प्रचार प्रसार गर्ने निर्णय गरिएको उपाध्यक्ष कुँवरले जानकारी दिनुभयाे ।

भेलाले गरेका निर्णयलाई डिभिजन वन कार्यालय कास्की, सव डिभिजन वन कार्यालय कुँडहर, वडा कार्यालय हेमजा र सरोकारवाल निकायहरुमा जानकारी दिइने कँवरले बताउनुभयाे । उहाँका अनुसार प्रकृतिका साथीहरुको संस्थासँगको सहकार्य र प्रशिक्षणबाट नै उपभोक्त समूह यो अभियानमा जुटेको हो ।

शिवरमा प्रमुख अतिथीको रुपमा रहेका पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्त मोतिलाल तिम्सिनाले लाटोकोसेरो संरक्षणको कार्यमा वडाबाट सधै सहयोग रहने बताउनुभयाे । ‘हरेक जिव जन्तुको संरक्षणमा वडाले पनि सचेतामूलक कार्यक्रमका लागि वजेट नै विनियोजन गरेर कार्यक्रम गरेको छ’ अध्यक्ष तिम्सिनाले भन्नुभयाे,‘आगामि दिनमा पनि यहाँहरुसगको सहकार्यमा नै वडाले कार्यक्रमहरु ल्याउने छ ।’

तिब्रेकोट सामुदायिक वनका उपभोक्ताले नै यस वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गर्नु प्रशंसनिय कार्य भएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेको भनाई छ । ‘नेपाल सरकारले जे चाहेको छ समुदायले नि त्यही काम गर्नु प्रशंसनिय कार्य रहेको छ’ प्रमुख काफ्लेले भन्नुभयाे,‘ अन्य सामुदायिक वनमा पनि विभन्न जनवरहरुको संरक्षण क्षेत्र रुपमा काम गरेको उदाहरण रहेका छन् । यस वनले पनि ल्याएको योजना पनि सफल हुने विश्वास लिएको छु ।’

उहाँका अनुसार अन्य सामुदायिक वनमा पनि संरक्षणका अभियान रहेकोमा नेपालमा संभवत लाटेकोसेरो संरक्षण विषेष क्षेत्र घोषण गरिएको यो पहिलो हो । उहाँले प्रकृतिमा नै रमानउन दिने गरी चरा चुरुङ्गी तथा जनावरको संरक्षण गर्नु पर्ने सुझाव दिनुभयाे ।

प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले समुदायबाट नै यो अभियान संञ्चालन गर्नु आफैमा सुखद पक्ष रहेको बताउनुभयाे । ‘हामीले गण्डकी प्रदेशमा थालेको अभियान मार्फत केहि निश्चित ठाँउहरुमा गुलेली प्रतिवन्ध क्षेत्र घोषणा गर्ने तयारीमा जुटेका थियौ’ आचार्यले भन्नुभयाे, ‘यहाँका उपभोक्तले गुलेली प्रतिवन्ध मात्र नभई विशेष संरक्षण क्षेत्र नै घोषण गरेर अभियानलाई थपा उत्साह प्रदान गर्ने काम गर्नुभयो । हाम्रो संस्था यहाँका उपभोक्त प्रति आभार व्यक्त गर्दछ ।’

यो अभियानलाई पूर्णता दिनका लागि आफ्नो संस्थाबाट यहाँका उपभोक्ता समूहसँग सहकार्य गरेर काम गर्ने आचार्यले बताउनुभयाे । लाटोकोसेरो संरक्षणमा तीन दशक देखि लागि परेका प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले सन् २०२४ मा ह्टिवली अवार्डबाट सम्मानित भएका थिए । सोहि ह्टिवली अवार्डबाट प्राप्त पुरस्कार गण्डकी प्रदेशका कास्की, स्या·जा लगायतका जिल्लामा लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकार नियन्त्रणका लागि तालिम, जनचेतना मुलक कार्यक्रम र लाटोकोसेरोका लागि कृतिम गुँड निर्माण लगायतका कार्यक्रम गरिएको छ ।

यस अवधिमा १ सय वटा कृतिम गुँड राखिसकेको जसमा २० वटा हेमजा रहेको आचार्यले जानकारी दिनुभयाे । यो सँगै कास्कीको भद्रकाली वन, पुम्दी भुम्दी, स्या·जाक तथा म्याग्दीमा रहेका ५ वटा सामुदायिक वनमा गुलेली प्रतिवन्ध क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको आचार्यले जानकारी दिनुभयाे ।

जनचेतना मूलक कार्यक्रम अन्तर्गत बुढा रुखहरुको संरक्षण, गुलेली प्रयोग गरि चरा मार्न रोक, स्थानिय, विद्यार्थी, र समुदायकमा संरक्षण शिविर सञ्चालन गरिएको छ । केशवराज सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुङ्गाना, ज्योति शर्मा र दिपा गुरुङलाई संरक्षण दुत वनाइ एक वर्ष सम्म स्वयम्सेवकका रुपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जिम्मा दिइएको छ ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक